नवनियुक्त आईजीपी थापालाई दर्ज्यानी चिह्न प्रदान « Khabarhub

नवनियुक्त आईजीपी थापालाई दर्ज्यानी चिह्न प्रदान


५ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापालाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

गृहमन्त्रालयमा आज आयोजित विशेष समारोहमा गृहसचिव गोकर्णमणि दुवाडीले नवनियुक्त प्रहरी महानिरीक्षक थापालाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले थापालाई नेपाल प्रहरीको ३१औँ आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो ।

दर्ज्यानी चिह्न ग्रहण गर्दै महानिरीक्षक थापाले समाजमा देखिने राम्रा र नराम्रा, खराब र असल अनेक पात्र र पक्षको प्रतिबिम्बबाट नेपाल प्रहरी पनि मुक्त नरहेको भन्दै  आवश्यक सुधार गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले आफूले प्रहरीको सेवामा प्रवेश गरेदेखि नै निष्ठापूर्वक काम गरेको भन्दै सङ्गठनको नेतृत्व गर्दा पनि निष्ठापूर्वक काम गर्ने प्रतिवद्धता जनाए । उनले सङ्गठनभित्र कार्यक्षमताको उचित मूल्याङ्कन गर्ने र पूर्वाग्रही भावना नराखी समन्वयात्मक भूमिकामा लाग्ने बताए ।

नवनियुक्त प्रहरी महानिरीक्षक थापालाई दर्ज्यानी चिह्न प्रदान गर्दै गृहसचिव दुवाडीले विभिन्न अपराधका घटनाबाट नयाँ चुनौती उत्पन्न भएकाले यसलाई सहज रुपमा समाधान गर्ने विश्वास व्यक्त गरे ।

उनले मुलुकको शान्ति सुरक्षा कायम गर्न मन्त्रालयबाट सदैव सकारात्मक सहयोग हुने बताए ।

थापाले २०५२ भदौ १९ गते नेपाल प्रहरीको निरीक्षक दर्जाबाट आफ्नो प्रहरी सेवा सुरु गरेका थिए ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  ११ : ५६ बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र