होन्डुरसको टापुबाट उडेको विमान दुर्घटना, ७ जनाको मृत्यु « Khabarhub

होन्डुरसको टापुबाट उडेको विमान दुर्घटना, ७ जनाको मृत्यु


४ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – होन्डुरसको क्यारेबियन टापु रोआटानबाट उड्ने क्रममा सोमबार एउटा सानो विमान समुद्रमा दुर्घटना हुँदा कम्तीमा सात जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

दमकल विभागका मेजर विल्मर गुरेरोले पत्रकारहरूलाई दुर्घटनास्थलबाट १० जनालाई निकालिएको र तीमध्ये ६ जनालाई अस्पतालमा मृत घोषित गरिएको बताए।

त्यसपछि समुद्रमा विमान नजिकै एक चालक दलको सदस्यको शव तैरिरहेको फेला परेको थियो । उक्त विमान किनारबाट करिब एक किलोमिटर टाढा दुर्घटनामा परेको थियो ।

अधिकारीहरूले विमानमा सवार व्यक्तिहरूको सङ्ख्याका बारेमा १७ वा १८ रहेको परस्पर विरोधी रिपोर्टहरू दिएका छन् । गुरेरोले यात्रुहरूमध्ये एक ४० वर्षीय फ्रान्सेली नागरिकलाई मूल भूमिमा रहेको सान पेड्रो सुला सहरको अस्पतालमा स्थानान्तरण गरिने बताए।

लान्सा एयरलाइन्सको विमान बे आइल्यान्ड्सको एक रोआटानबाट साँझमा उडान भरेको थियो र मूल भूमिमा रहेको ला सेइबा बन्दरगाहतर्फ जाँदै थियो । रोआटान होन्डुरसको मुख्य पर्यटकीय गन्तव्यहरू मध्ये एक हो । 

‘विमान झन्डै हामीमाथि खस्यो । म माछा मार्दै थिएँ’, एचसिएच टेलिभिजनलाई एक माझीले बताए ।

होन्डुरसका राष्ट्रपति सिओमारा क्यास्ट्रोले दुर्घटनाका पीडितहरूलाई सहयोग गर्न सशस्त्र बल, दमकल र अन्यहरू समावेश भएको आपतकालीन समिति ‘तुरुन्तै सक्रिय’ गरेको बताए। ब्रिटिस निर्मित जेटस्ट्रीम ४१ मा ‘स्पष्ट यान्त्रिक खराबी’ का कारण दुर्घटना भएको प्रहरीले एक विज्ञप्तिमा जनाएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०८१, मंगलबार  १२ : ५७ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया