सर्वेन्द्रको पालामा बरामद सात केजी सुनसँग २५ करोडको ‘कनेक्सन’ खोज्दै प्रहरी | Khabarhub Khabarhub

सर्वेन्द्रको पालामा बरामद सात केजी सुनसँग २५ करोडको ‘कनेक्सन’ खोज्दै प्रहरी


५ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हाइलक्स गाडीको इन्जिनमा लुकाएको अवस्थामा तस्करीको अवैध सात केजी सुनसहित १४ पुस २०७३ पक्राउ परेका सिन्धुपाल्चोकका कुसाङ लामा फेरि उस्तै अपराधमा ९ वर्षपछि पक्राउ परेका छन् ।

काठमाडौँको कलंकीबाट सातकेजी अवैध सुनसहित समातिएका कुसाङले त्यसबेला उक्त अभियोगमा ५ वर्ष जेल सजायसमेत भोगे ।

त्यसबेला लामाले रसुवाबाट ५–६ जना यात्रुसहित ल्याएको बा ८ ४ ७४३० नम्बरको हाइलक्स गाडीमा ल्याएको अवैध सुन प्रहरीले बरामद गरेको थियो ।

संयोगवश, उनलाई त्यसबेला पनि तत्कालीन महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको थियो । त्यो बेला अपराध महाशाखा प्रमुख सर्वेन्द्र खनाल थिए भने अहिले रमेश बस्नेत छन् ।

खनाल नेतृत्वको अपराध महाशाखाको फन्दामा परेका उनी त्यसबेला ५ वर्ष जेल बसेपछि २०७८ मा छुटेका थिए । जेलबाट छुटेपछि उनले आमाको नाममा ट्रक निकालेर आफैं चालकका रुपमा काम गर्न थाले ।

तत्कालील अपराध महाशाखाको टोलीले ड्राइभर बस्ने इन्जिनमा सुन भेट्टाएको थियो । अहिले आफैंले चलाउने ट्रकमा फल्स बटम बनाएर लुकाएको अवस्थामा करोडौँ अवैध मुद्रा बरामद भएको हो ।

चीनतर्फ ठूलो परिमाणको अवैध रकम जाँदै गरेको सूचनापछि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली रेक्की गर्दै झोर पुगेको थियो । सम्भावित ट्रकबारे पनि सूचना मिलेपछि प्रहरीको सडकमै छेकेको थियो ।

त्यसक्रममा ना.१ ख १६५२ नम्बरको मालबाहक ट्रक शंका लागेर चेकजाँच गरिएको थियो । त्यसक्रममा खानतलासी गर्दा ट्रक ड्राइभर बस्ने क्याबिनमुनि फल्स बटम बनाएर लुकाइएको अवस्थामा उक्त परिमाणको रकम भेटिएको एससपी बस्नेतले बताए । कार्यालयको इतिहासमा यो अहिलेसम्मकै ठूलो रकम बरामद भएको घटना हो ।

‘उक्त ट्रकमाथि शंका लागेर लुकाउन सक्ने ठाउँहरू हेर्‍यौँ । सबै ठाउँहरू भिडियोग्राफी गर्दै हेरेका हौँ । पहिले पनि यस्ता अपरेशन गरेकाले लुकाउने सम्भावित ठाउँबारे जानकार थियौँ’, कार्यालयका एक अधिकृतले भने, ‘कहाँ जान लागेको भन्दा रसुवा जान लागेको हो भन्ने जवाफ दिए । उनको प्रतिक्रियापछि केही पक्कै हुनुपर्छ भनेर खानतलासी गर्‍यौँ । त्यो २५ करोडबाहेक खाली ट्रक रहेछ । केही सामान आएकाले लिन जान लागेको जवाफ उनले दिएका थिए । यस प्रकरणमा अहिलेसम्म अरुको संलग्नता खुलिनसकेकाले अनुसन्धान हुँदैछ ।’

प्रहरीले ट्रकबाट अमेरिकी डलर ३ हजार ११९ ५० दरको १७९, ८ लाख यूरो ५८ हजार ८सय ५० रूपैयाँ बरामद गरेको छ । यसअघि सुन तस्करीमा समातिएका उनलाई राजस्व छली र सुन चोरी पैठारी अभियोगमा मुद्दा अघि बढाउन राजस्व अनुसन्धान विभागमा बुझाइँदैछ ।

‘लामा राजस्व छली र सुन चोरी पैठारीमा ५ वर्ष कैद भुक्तान गरेका अभियुक्त हुन् । यसअघि उनलाई अपराध महाशाखाले नै पक्राउ गरेको थियो’, एसएसपी बस्नेतले भने, ‘पहिले पनि भरिया नै भएर अपराध गरेका थिए । अहिले अनुसन्धानको सुरुवाती चरणमा छौँ । पहिले पनि भरिया भएर पक्राउ परेर जेल सजाय भइसकेको हो । उनले भरियाकै रुपमा अपराध स्वीकारेका थिए ।’

यस पटक पनि उनले भरियाकै रुपमा उक्त घटना स्वीकारेको बस्नेतले बताए । ‘दुईजना अमुक व्यक्तिले रकम दिएको कुरा उनले हामीलाई खुलाएका छन्’, उनले भने, ‘अहिलेसम्मको अनुसन्धानमा कुसाङभरिया मात्रै रहेको खुलेको छ । रकम दिने दुई व्यक्तिबारे अहिले अनुसन्धान भइरहेकाले केही खुलिसकेको छैन ।’

बस्नेतले २०७३ मा बरामद सात केजी सुन र अहिले बरामद २५ करोड रुपैयाँको कनेक्सन जोडेर अनुसन्धान गरिने बताए । कलंकीबाट २०७३ मा बरामद सुन पनि रसुवागढी नाका हुँदै आएको खुलेको थियो । त्यसबेला पनि प्रहरीले भरियामात्रै समात्न सक्यो, मालिकलाई पक्राउ गर्न सकेन । यस पटक पनि सुरुवाती चरणमा उक्त रकमको मालिकबारे केही नखुलेको प्रहरीले जनाएको छ ।

‘पुरानो र नयाँ कहानी जोडेर अनुसन्धान अघि बढाउँछौँ’, उनले भने, ‘यो रकम कसको हो भन्ने अहिलेसम्म खुलेको छैन । कुन प्रयोजनका लागि रकम लिएर रसुवागढीतिर गएको हो भन्ने विस्तृत अनुसन्धानपछि भन्न सकिन्छ ।’

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  २ : ५० बजे

कश्मीरमा ठूलो आक्रमण- घुम्न गएका पर्यटकलाई चरमपन्थीले नाम सोधीसोधी हानेका थिए गोली

कश्मीर- सन् २०१९ मा पुलवामामा भएयताकै सबैभन्दा ठूलो चरमपन्थी आक्रमण

कश्मीरमा पर्यटकको समूहमाथि चरमपन्थीको आक्रमण, नेपालीसहित कम्तीमा २६ जनाको मृत्यु

कश्मीर- भारतको जम्मु-कश्मीरस्थित पहलगाममा मंगलबार पर्यटकमाथि अहिलेसम्कै ठूलो चरमपन्थी हमला

शिक्षक र राजावादीको आन्दोलनले ओझेलमा उद्योगी मेला, सबै स्टल बुकिङ हुनै मुस्किल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघले वैशाख २५ गतेदेखि आयोजना गर्न

नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइन विस्तार सम्झौता, भारतीय मन्त्री खट्टरले भने- नयाँ कोसेढुङ्गा

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका विद्युत्

आन्दोलित शिक्षकलाई निजामती कर्मचारीले साथ दिँदा सरकारलाई धक्का !

काठमाडौं- शिक्षक महासंघको नेतृत्वमा विगत २१ दिनदेखि जारी आन्दोलनको निचोड