नयाँवर्ष लक्षित दोलखामा खेलदेखि सडक खाना महोत्सव र धार्मिक कार्यक्रम हुँदै | Khabarhub Khabarhub

नयाँवर्ष लक्षित दोलखामा खेलदेखि सडक खाना महोत्सव र धार्मिक कार्यक्रम हुँदै


५ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लामा आउँदो नयाँसाल २०८२ लाई लक्षित गरेर विभिन्न कार्यक्रमको आयोजना गरिएको छ।

जिल्लामा नयाँवर्षको पूर्व सन्ध्यामा जिल्लामै सर्वाधिक धनराशि पुरस्कारको भलिबल खेल आयोजना गरिएको छ भने, सदरमुकाम चरिकोटमा तिन दिने सडक खाना महोत्सव फुड फेस्टिभल र विभिन्न सामूहिक धार्मिक कार्यक्रमको समेत आयोजना गरिएको छ ।

नेपाली कांग्रेसका स्वर्गीय नेता भीमबहादुर तामाङको १३औँ स्मृतिको अवसरमा सर्वाधिक धनराशि ४ लाख पुरस्कारको बागमती प्रदेश स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता यहीँ चैत १३ गते देखि वैतेश्वर–३ को मिर्गे लहरेमाने खेलमैदानमा उद्घाटन हुने खेल मुख्य आयोजक समिति नेपाली कांग्रेस प्रदेश सभा ‘क’ क्षेत्रीय कार्यसमिति दोलखाले जनाएको छ।

समितिले समग्र जिल्लाको खेलकुद विकाससँगै दोलखालाई बागमती प्रदेशकै पर्यटन हब जिल्लाको रूपमा प्रवर्द्धन गर्न सर्वाधिक पुरस्कार राशिको भलिबल खेल तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको नेपाली कांग्रेस प्रदेश सभा ‘क’ दोलखाका क्षेत्रीय पार्टी सभापति सुक्रराज तामाङले बताए ।

खेलमा बागमती प्रदेश भित्रका २० भन्दा बढी टिमलाई सहभागी गराउने खेल आयोजक समिति कांग्रेस प्रदेश ‘क’ दोलखाले जनाएको छ । 

खेल महोत्सवको उद्घाटन नजिकिएसँगै तयारी तीव्र पारिएको छ । प्रतियोगितामा सफल हुने खेलाडी टिमले क्रमशः ४ लाख, २ लाख, १ लाख र पचास हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

नयाँ वर्षकै अवसरमा चरिकोटमा ३ दिने सडक खाना महोत्सव

निजी क्षेत्रका उद्यमी तथा व्यापारी, व्यवसायीहरूको छाता संस्था नेपाल चेम्बर अफ कमर्स दोलखा र होटल व्यवसायी संघ दोलखाको आयोजना नयाँ वर्ष विशेष सडक खाना महोत्सव ( स्ट्रिट फुड फेस्टिभल) आयोजना गरिएको छ ।

जिल्लाको पर्यटन प्रवर्द्धन तथा ओरालो लागेको अर्थतन्त्र चलायमान गराउने उद्देश्यका साथ सडक खाना महोत्सव तथा अन्य विविध नयाँ वर्ष विशेष कार्यक्रम गर्न लागिएको चेम्बर दोलखाका अध्यक्ष रुद्रजंग बुढाथोकीले बताए ।

लामोसाँघु जिरी राजमार्गको केन्द्रको रूपमा रहेको चरिकोटमा आउँदो चैत ३१ गतेदेखि वैशाख २ गतेसम्म ३ दिने फुड फेस्टिभल महोत्सव हुने दुवै आयोजक छाता संस्थाले पत्रकार सम्मेलन मार्फत जानकारी गराएका हुन् ।

फेस्टिभलको आयोजना दोलखा चेम्बर अफ कमर्स तथा दोलखा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघले संयुक्त रूपमा गर्न लागेको अध्यक्ष बुढाथोकीको भनाई रहेको छ । दोलखा स्ट्रिट फुड फेस्टिभल २०८२ आयोजन गर्न लागिएको चेम्बर दोलखाका अध्यक्ष रुद्रजङ्ग बुढाथोकीले जानकारी दिए । 

फेस्टिभलको आयोजनाले सदरमुकाम चरिकोटको  आर्थिक क्रियाकलापमा वृद्धि हुने आयोजकहरूको विश्वास छ । ‘सडकमै खाऔँ, सडकमै रमाऔँ । रैथाने स्वाद र संस्कृतिसँगै नयाँ वर्ष चरिकोटमा मनाऔँ ।’ भन्ने नाराकासाथ आयोजना गर्न लागिएको फेस्टिभलमा स्थानीय खानाका मौलिक परिकारका साथै विभिन्न खानाका स्वाद लिन सकिनेछ ।

यसका साथै परम्परागत सांस्कृतिक झाँकीहरू, स्वदेशी गानामा नृत्य प्रतियोगिता, लाइभ दोहोरी लगायत को मज्जा समेत लिन सकिने आयोजक संस्थाहरू दोलखा चेम्बर अफ कमर्स तथा दोलखा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघले जनाएको छ।

एक हजार लामागुरुको टुडिखेलमा भेला

विश्व शान्तिको लागि १८ औँ १० करोड वज्र गुरु मन्त्र जप तथा विश्व शान्ति पूजा २०८१/०८२ चरिकोटमा हुने भएको छ ।

आउँदो चैत्र १७ गते देखि २६ गते सम्म १० दिन सम्म १० करोड बज्रगुरु मन्त्र जप तथा विश्व शान्ति पूजा मेला कार्यक्रम चरिकोट स्थित टुँडिखेलमा आयोजना गरिएको छ।

कार्यक्रमका संयोजक खेम्पो पेमा छिरी शेर्पाले कार्यक्रम चैत १७ गते उद्घाटन हुने जानकारी दिए ।

१० करोड वज्र गुरु मन्त्र जप तथा विश्व शान्ति पूजा र त्यसको तयारीको बारेमा जानकारी गराइएको थियो । दश दिन सम्म चरिकोट स्थित टुँडिखेलमा करिब एक हजार लामाहरू सहभागी भई दैनिक रूपमा मन्त्र जप गर्नेछन् । कार्यक्रममा देश तथा विदेशका विभिन्न लामाहरू सहभागी हुने आयोजकले जनाएको छ।यस धार्मिक कार्यक्रमले दोलखालाई विश्वसम्म चिनाउन टेवा पुग्ने तथा जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार हुने अनुमान गरिएको छ ।

शैलुङमा सामूहिक लघुरुद्री पूजा

दोलखाको धार्मिक एवम् पर्यटकीय केन्द्र शैलुङमा रहेको शैलुङ्गेश्र महादेव मन्दिर तथा भीमसेन शिला तरबारमा नववर्ष २०८२ को पहिलो दिन वैशाख १ गते सामूहिक लघुरुद्री पूजापाठ हुने भएको छ । वैशाख १ गते शैलुङ्गेश्वर महादेव मन्दिर तथा भीमसेन सिला तरबारमा लघुरुद्री हुन लागेको कार्यक्रम संयोजक प्रवीण प्रसाद थपलियाले जानकारी दिए । 

शैलुङ गाँउपालिका वडा नम्बर–८ शैलुङको थुम्कामा रहेको शैलुङ्गेश्वर महादेव मन्दिर र भीमसेन शिला तरबारको धार्मिक एवम् ऐतिहासीक महत्वलाई आत्मसाथ गर्दै एसएस फाउण्डेशनका संरक्षक एवम् समाजसेवी शोभित उप्रेतीको आर्थिक सहयोगमा शैलुङ पर्यटन तथा कालापानी बजार टोल विकास संस्थाले सामूहिक लघुरुद्री पूजा आयोजना गर्न लागेको हो ।

लघुरुद्री कार्यक्रमको अवसरमा समाजसेवी शोभित उप्रेतीले भीमसेन शिला तरबारमा ५० केजीको काँसको घण्टा चढाउने कार्यक्रमका छ । 

लघुरुद्री पूजामा शैलुङ्गेश्वर महादेव मन्दिरमा १३ र भीमसेन शिला तरबारमा २३ गरी ३६ जना पण्डितहरूले पूजा गर्ने कार्यक्रम रहेको संयोजक थपलियाको भनाई छ।

 पशुपति मन्दिरमा चैत ११ देखि १६ गतेसम्म पूजापाठ र यज्ञ हवन हुने

यही चैत ११ गते बाट १६ गते सम्म  दोलखा सदरमुकाम चरिकोटको पशुपति मन्दिर परिसरमा भगवान  पशुपतिको ६४ लिङ्गको पूजा साथै महात्यामिय पशुपति पुराण वाचन तथा  यज्ञ हवन हुने भएको छ ।

श्री पशुपति मन्दिर संरक्षण समिति र बृहत् आध्यात्मिक परिषद् गोरखनाथ पीठ सिधान्तल मृगस्थलीको संयुक्त आयोजना हुने सो पवित्र कार्यक्रममा पण्डित बद्री प्रसाद सुवेदीबाट योगी गोरखनाथ मन्त्र जप गर्ने कार्यक्रम रहेको छ ।

यज्ञहवन नवनाथ र बटुक दुवारा ५ दिन सम्म योगी गोरखनाथ मन्त्र जप गर्ने कार्यक्रम रहेको श्री पशुपति मन्दिर संरक्षण समितिका अध्यक्ष विपिन श्रेष्ठले पत्रकार सम्मेलन गरेर जानकारी दिए। -सुबास बस्नेत

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  ३ : ११ बजे

एमाले नेता झपट रावलको प्रस्ताव : पुरानो नेतृत्वले कार्यकारी भूमिका छोडेर पार्टी पुन:निर्माण गरौँ

काठमाडौँ- नेकपा (एमाले) का केन्द्रीय कमिटी सदस्य झपटबहादुर रावलले भदौ

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं– काठमाडौँको बनस्थलीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आयोजना कटौती गरी एक खर्ब स्रोत जुटाउन सकिन्छ : अर्थमन्त्री खनाल

काठमाडौं– नवनियुक्त अर्थमन्त्री डा. रामेश्वर खनालले राजनीतिक दबाबमा बजेटमा परेका, तयारी

कर्मचारीलाई अर्थमन्त्रीले भने : हामी सँच्चिनुको विकल्प छैन

काठमाडौँ- नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण