पृथ्वीनारायण क्याम्पसमा मतदान स्थगित, भोलि बिहान ८ बजेबाट सुरु हुने « Khabarhub

पृथ्वीनारायण क्याम्पसमा मतदान स्थगित, भोलि बिहान ८ बजेबाट सुरु हुने


४ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– पृथ्वीनारायण क्याम्पसमा  मतपत्रमा सामान्य त्रुटि देखिएपछि उत्पन्न विवादका कारण आज मतदान स्थगित भएको छ ।

निर्वाचन अधिकृत प्रा.डा रामचन्द्र पोखरेलले सूचना जारी गरी आजका लागि मतदान स्थगित भएको र भोलि बुधबार बिहान ८ बजेबाट मतदान सुरु हुने उल्लेख गरेका छन् । 

विज्ञप्तिमा भनिएको छ, ‘पृथ्वीनारायण क्याम्पस, पोखरा मतदान केन्द्रमा स्व.वि.यु. को निर्वाचन आज बिहान ८ बजे मतदान सुरु गर्ने प्रक्रियामा प्रत्यक्ष तर्फको मतपत्रको दोस्रो कोलममा रहेको अखिल (छैठौं) को अध्यक्ष पदको उम्मेदवारको नामको पछाडि रेजा लगाउने बक्स छुट हुन गएकोमा स्व.वि.यु. निर्वाचन समिति गम्भिर रूपले आत्मआलोचित भएको छ । 

सम्बन्धित संघ, संगठन, संयुक्त प्यानल र स्वतन्त्र उम्मेदवारको प्रतिनिधिहरूको रायबमोजिम उक्त मतपत्र रद्द गरी पुनः मतपत्र छपाई गरी ल्याउँदा ढिला भएको र समय अभावका कारण मतदान कार्य सुरु गर्न नसकिएको हुँदा उक्त मतदान कार्य मिति २०८१ साल चैत्र ६ गते बुधबारका दिन बिहान ८:०० बजेदेखि सुरु हुने जानकारी गराइन्छ । साथै मतदान गर्ने कार्यमा सहयोग गरिदिनुहुन सम्बन्धित संघ, संगठन, संयुक्त प्यानल र स्वतन्त्र उम्मेदवारहरू एवं विद्यार्थी मतदाताहरूलाई हार्दिक अनुरोध गर्दछौँ ।’

मतदान प्रक्रिया सुरु नगरेको भन्दै एमाले निकट अनेरास्ववियु र कांग्रेस निकट नेवि संघसहित विद्यार्थी संगठन आन्दोलित भएका थिए ।

प्रकाशित मिति : ४ चैत्र २०८१, मंगलबार  ३ : ०३ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया