निरन्तर ओरालो शेयर बजार, २७ सय तल झर्‍यो नेप्से « Khabarhub

निरन्तर ओरालो शेयर बजार, २७ सय तल झर्‍यो नेप्से


४ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अघिल्लो साता ८१.९५ अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) यो साता पनि निरन्तर ओरालो दिशामा छ । आइतबार देखि निरन्तर घटेको नेप्से आज मंगलबार पनि ७.६६ अंकले घट्यो ।

मंगलबार नेप्सेमा आएको गिरावटसँगै नेप्से २७ सय बिन्दु तल २६९७.०४ मा पुगेको छ । नेप्सेमा गिरावट आएसँगै आज भएको शेयर कारोबारमा १५२ वटा कम्पनीको शेयर मूल्य घट्यो भने ८६ वटा कम्पनीको शेयर मूल्य बढ्यो । ५ वटा कम्पनीको शेयर मूल्यमा भने कुनै फेरबदल भएन ।

आज नेप्से घटेसँगै अन्य उपसमूह बाहेक सबैको सूचक घट्न पुगेको छ । तरपनि आज नेप्सेमा भएको शेयर कारोबारमा महिला लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् । त्यस्तै, आजको शेयर कारोबारमा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर कारोबारीले सबैभन्दा धेरै गुमाएका छन् ।

आज नेप्सेमा ४ अर्ब ३४ करोड ६६ लाख ३२ हजार २६३ रुपैयाँको ८२ लाख ३७ हजार ९०२ कित्ता शेयर खरिद बिक्री भएको थियो । आजको शेयरबजारसँगै नेप्सेको पुँजीकरणमा ०.२८ प्रतिशतले गिरावट आएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०८१, मंगलबार  ३ : १४ बजे

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र

एक महिनामा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

कास्की – जिल्लामा गत असोज महिनामा भएका ५९ सवारी दुर्घटनामा

यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक घटे

चितवन – भोटेकोशी र बूढीगण्डकीको बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध