परराष्ट्रमन्त्रीले युक्रेनका समकक्षीसँग भनिन्– तपाईंको सेनाले बन्धक बनाएका नेपाली मुक्त गरिदिनुस् « Khabarhub

परराष्ट्रमन्त्रीले युक्रेनका समकक्षीसँग भनिन्– तपाईंको सेनाले बन्धक बनाएका नेपाली मुक्त गरिदिनुस्


५ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले युक्रेनका विदेशमन्त्री एन्द्री सिबिहासँग युक्रेनी सेनाको कब्जामा रहेका सात जना नेपालीको रिहाइ गरिदिन आग्रह गरेकी छन् । 

भारतको नयाँ दिल्लीमा आयोजित ‘राइसिना डायलग’ सहभागी हुन आएका युक्रेनका विदेशमन्त्री सिबिहासँग भएको द्विपक्षीय भेटवार्ताका क्रममा मन्त्री राणाले नेपाली नागरिकको रिहाइका लागि आग्रह गरेकी हुन् ।  
 
मानव तस्करहरूमार्फत् नेपालीलाई लगेर रुसी सेनामा भर्ना गरिएको कुरा पछि थाहा भएको भन्दै मन्त्री राणाले रुसी सेनामा कार्यरत सात नेपाली युद्धबन्दीलाई रिहाइ गरिदिन आग्रह गरेको सचिवालयले जनाएको छ । 

सचिवालयका अनुसार उनले नेपाली नागरिक रसियाली सेनामा भर्ना हुन पाउने नेपालको कुनै नीति नरहेको पनि युक्रेनका विदेशमन्त्रीलाई स्पष्ट पारिन् । उनीहरूलाई नेपालको दुर्गम क्षेत्रबाट जबर्जस्ती लगेर रुसी सेनामा भर्ना गरिएको सूचना नेपाल सरकारले पाएको भन्दै राणाले ती सात नेपालीको मुक्तिका लागि युक्रेनी विदेशमन्त्रीसँग आग्रह गरिन् । 

जवाफमा युक्रेनी विदेशमन्त्री सिबिहाले कानुनी प्रक्रिया पूरा गरेर उनीहरूलाई रिहा गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । मन्त्री राणाले नेपालले सन् २०२७ देखि २०२९ का  लागि संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यलगायतमा उम्मेदवारी दिएकाले युक्रेन सरकारलाई सहयोग गर्न पनि आग्रह गरिन् ।
   
भेटमा दुई देशबीचमा सरकारी एवं डिप्लोम्याटिक पासपोर्टबाहकलाई निःशुल्क भिसासम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । भेटका क्रममा नेपाल–युक्रेन सम्बन्ध र आपसी हितका विषयमा कुराकानी भएको मन्त्री राणाको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  ३ : ३२ बजे

थारु संस्कृति, परम्परा र सभ्यता संरक्षण गर्नु पर्छ : प्रदेश प्रमुख मियाँ

धनगढी- सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले थारु संस्कृति,परम्परा र सभ्यता

रुख र चारतारे झण्डाका लागि कांग्रेसका दुवै समूह कानुनी परामर्शमा

काठमाडौं । नेपाली कांग्रेस बुधबारबाट औपचारिक रुपमा विभाजन भएको छ

बुढासुब्बा गोल्डकप यही माघ २२ देखि

सुनसरी- प्रत्येक वर्ष धरानमा आयोजना हुने अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको