परराष्ट्रमन्त्रीले युक्रेनका समकक्षीसँग भनिन्– तपाईंको सेनाले बन्धक बनाएका नेपाली मुक्त गरिदिनुस् « Khabarhub

परराष्ट्रमन्त्रीले युक्रेनका समकक्षीसँग भनिन्– तपाईंको सेनाले बन्धक बनाएका नेपाली मुक्त गरिदिनुस्


४ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले युक्रेनका विदेशमन्त्री एन्द्री सिबिहासँग युक्रेनी सेनाको कब्जामा रहेका सात जना नेपालीको रिहाइ गरिदिन आग्रह गरेकी छन् । 

भारतको नयाँ दिल्लीमा आयोजित ‘राइसिना डायलग’ सहभागी हुन आएका युक्रेनका विदेशमन्त्री सिबिहासँग भएको द्विपक्षीय भेटवार्ताका क्रममा मन्त्री राणाले नेपाली नागरिकको रिहाइका लागि आग्रह गरेकी हुन् ।  
 
मानव तस्करहरूमार्फत् नेपालीलाई लगेर रुसी सेनामा भर्ना गरिएको कुरा पछि थाहा भएको भन्दै मन्त्री राणाले रुसी सेनामा कार्यरत सात नेपाली युद्धबन्दीलाई रिहाइ गरिदिन आग्रह गरेको सचिवालयले जनाएको छ । 

सचिवालयका अनुसार उनले नेपाली नागरिक रसियाली सेनामा भर्ना हुन पाउने नेपालको कुनै नीति नरहेको पनि युक्रेनका विदेशमन्त्रीलाई स्पष्ट पारिन् । उनीहरूलाई नेपालको दुर्गम क्षेत्रबाट जबर्जस्ती लगेर रुसी सेनामा भर्ना गरिएको सूचना नेपाल सरकारले पाएको भन्दै राणाले ती सात नेपालीको मुक्तिका लागि युक्रेनी विदेशमन्त्रीसँग आग्रह गरिन् । 

जवाफमा युक्रेनी विदेशमन्त्री सिबिहाले कानुनी प्रक्रिया पूरा गरेर उनीहरूलाई रिहा गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । मन्त्री राणाले नेपालले सन् २०२७ देखि २०२९ का  लागि संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यलगायतमा उम्मेदवारी दिएकाले युक्रेन सरकारलाई सहयोग गर्न पनि आग्रह गरिन् ।
   
भेटमा दुई देशबीचमा सरकारी एवं डिप्लोम्याटिक पासपोर्टबाहकलाई निःशुल्क भिसासम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । भेटका क्रममा नेपाल–युक्रेन सम्बन्ध र आपसी हितका विषयमा कुराकानी भएको मन्त्री राणाको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०८१, मंगलबार  ३ : ३२ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया