प्रभु बैंकद्वारा बुर्तिबाङमा ‘ग्लोबल मनी वीक २०२५’ को र्‍याली  « Khabarhub

प्रभु बैंकद्वारा बुर्तिबाङमा ‘ग्लोबल मनी वीक २०२५’ को र्‍याली 


५ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रभु बैंक लिमिटेड गण्डकी प्रदेशले बागलुङ्गको बुर्तिबाङमा ‘ग्लोबल मनी वीक २०२५’ को अवसर पारेर आज वित्तीय जनचेतनामूलक र्‍यालीको आयोजना गरेको छ । 

‘अनुसरण गर्नु अघि सोचौं, भोलिका लागि बुद्धिमानीपूर्ण वित्तीय निर्णय गरौँ । अरूका कुरा सुनौँ तर आधिकारिक कुरा सुनी निर्णय गरौँ ।’ भन्ने मूल नाराका साथ आयोजित यस र्यालीले बुर्तिबाङ बजार क्षेत्रको परिक्रमा गरेको थियो ।

र्‍यालीमा सहभागीहरूले वित्तीय साक्षरता सम्बन्धी नारा लेखिएका प्लेकार्ड र ब्यानर बोकेका थिए ।

कार्यक्रममा बोल्दै बैंक बुर्तिबाङ शाखाका प्रमुख ज्ञान बहादुर क्षेत्रीले ग्लोबल मनी वीकको महत्त्व र वित्तीय साक्षरताको आवश्यकता बारे प्रकाश पारे । 

उनले बालबालिका, वृद्धा तथा युवापुस्तालाई बचत, लगानी र वित्तीय योजनाको महत्त्व बुझाउन यस्ता कार्यक्रमहरूले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  ४ : १४ बजे

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित