पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा सम्पन्न « Khabarhub

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा सम्पन्न


४ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा बैठक आज सम्पन्न भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको बैठकमा प्रतिष्ठानको चालु आर्थिक वर्षको बजेट र कार्यक्रम स्वीकृत भएको भने गत आर्थिक वर्षको महालेखा परीक्षकको प्रतिवेदनबारे जानकारी गराइँदै त्यसमा रहेका सुधार्नुपर्ने पक्षहरूमा ध्यान दिन जोड दिइएको छ ।

बैठकमा कुलपति ओलीले चिकित्सा शिक्षाका साथै पोखरा र त्यस क्षेत्रका बासीको स्वास्थ्य सेवालाई प्रभावकारी र सुशासनयुक्तरुपमा प्रदान गर्न निर्देशन दिए । उनले आर्थिक वर्ष लाग्नुपूर्व नै बजेट तथा कार्यक्रम पारित गराउन आग्रह गरे।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री एवं सहकुलपति प्रदीप पौडेल सहभागी बैठकमा प्रतिष्ठानका उपकुलपति डा डुकबहादुर क्षेत्रीले प्रतिष्ठानबाट आफ्नो कार्यकालमा भएका प्राज्ञिक, व्यवस्थापकीय र स्वास्थ्य सेवाका क्षेत्रमा भएको प्रगतिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : ४ चैत्र २०८१, मंगलबार  ४ : ०२ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया