धुलिखेल अस्पतालका दुई चिकित्सकलाई नेपाल मेडिकल काउन्सिलले सोध्यो स्पष्टीकरण « Khabarhub

धुलिखेल अस्पतालका दुई चिकित्सकलाई नेपाल मेडिकल काउन्सिलले सोध्यो स्पष्टीकरण


५ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्स (धुलिखेल अस्पताल) का मानसिक रोग विभागका दुई चिकित्सकलाई नेपाल मेडिकल काउन्सिलले स्पष्टीकरण सोधेको छ । 

एमडी पहिलो वर्षमा अध्ययनरत एक विद्यार्थीले गत फागुन ४ गते आत्महत्याको प्रयास गरेपछि चिकित्सकहरूले उनीमाथि निरन्तर दबाब र गालीगलौज गरेको आरोप लगाइएको थियो । सोही आरोपका आधारमा मेडिकल काउन्सिलले मानसिक रोग विभागका प्रमुख डा। अजय रिसाल र डा. दीपक कुँवरलाई ‘किन कारबाही नगर्ने’ भन्दै स्पष्टीकरण सोधेको हो ।

यस विषयमा काउन्सिलको व्यावसायिक आचरण समितिले आरोपित चिकित्सक तथा पीडित दुवै पक्षको बयान लिएको थियो । समितिले आरोपको सत्यता पत्ता लगाउन पुनः स्पष्टीकरण सोध्ने निर्णय गरेको काउन्सिलका एक सदस्यले जानकारी दिए । स्पष्टीकरणको आधारमा आगामी कारबाहीबारे निर्णय गरिने बताइएको छ ।

यसअघि, काउन्सिलले विभागमा कार्यरत चार चिकित्सकलाई एक हप्ताका लागि निलम्बन गरिसकेको छ । साथै, काठमाडौं विश्वविद्यालय, स्कुल अफ मेडिकल साइन्सेसले समेत छानबिन गरिरहेको र कुनै पनि काममा संलग्न नहुन निर्देशन दिएको छ । आवासीय चिकित्सकहरूले घटनाको निष्पक्ष छानबिनको माग गरेका छन् । 

उनीहरूका अनुसार यस्ता घटनाहरू पहिलेदेखि दोहोरिँदै आएका छन्, जसअन्तर्गत अघिल्लो वर्ष पनि एक विद्यार्थीले आत्महत्याको प्रयास गरेका थिए भने अर्को एक विद्यार्थीले पढाइ नै छोडेका थिए ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  ४ : ४८ बजे

थारु संस्कृति, परम्परा र सभ्यता संरक्षण गर्नु पर्छ : प्रदेश प्रमुख मियाँ

धनगढी- सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले थारु संस्कृति,परम्परा र सभ्यता

रुख र चारतारे झण्डाका लागि कांग्रेसका दुवै समूह कानुनी परामर्शमा

काठमाडौं । नेपाली कांग्रेस बुधबारबाट औपचारिक रुपमा विभाजन भएको छ

बुढासुब्बा गोल्डकप यही माघ २२ देखि

सुनसरी- प्रत्येक वर्ष धरानमा आयोजना हुने अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको