रेमिट्यान्स योगदानमा मध्यपूर्वमा गएका श्रमिक अगाडि « Khabarhub

रेमिट्यान्स योगदानमा मध्यपूर्वमा गएका श्रमिक अगाडि

एशिया क्षेत्रबाट २४ र उत्तर अमेरिकाबाट १३ प्रतिशत रेमिट्यान्स


५ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको अर्थतन्त्रमा सबैभन्दा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको रेमिट्यान्समा मध्यपूर्व क्षेत्रमा रोजगारीको लागि गएका श्रमिकको भूमिका सबैभन्दा ठूलो देखिएको छ । मध्यपूर्वी खाडी क्षेत्रमा रोजगारी गर्न गएका नेपालीले सन् २०२३-२४ मा सबैभन्दा धेरै रेमिट्यान्स नेपाल पठाएका छन् ।

नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको ‘नन–बैंक फाइनान्सियल इन्स्टिच्युसन सुपरभिजन रिपोर्ट २०२३-२४’ अनुसार सन् २०२३-२४ मा नेपालमा १२ खर्ब ९२ अर्ब रेमिट्यान्स भित्रिएको थियो । जुन अघिल्लो वर्ष भित्रिएको रेमिट्यान्स रकमको तुलनामा ६.६८ प्रतिशतले धेरै हो ।

समीक्षा अवधिमा नेपालमा भित्रिएको कुल रेमिट्यान्समध्ये सबैभन्दा धेरै अर्थात् ४१.८८ प्रतिशत मध्यपूर्वमा श्रम गर्न गएका श्रमिकहरूले पठाएका थिए । सोही अवधिमा एशियन क्षेत्रका विभिन्न मुलुकबाट नेपालमा २४.६३ प्रतिशत रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै सोही अवधिमा उत्तर अमेरिका बाहेक विश्वका अन्य क्षेत्रका मुलुकहरूबाट २०.२४ प्रतिशत रेमिट्यान्स भित्रिएको थियो भने उत्तर अमेरिकाबाट १३.२५ प्रतिशत रेमिट्यान्स भित्रिएको थियो ।

राष्ट्र बैंककाअनुसार पछिल्लो समयमा बैंक तथा फाइनान्सियल संस्थाबाट रेमिट्यान्स भित्रिने परिमाणमा वृद्धि हुँदै गएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  ५ : २३ बजे

‘धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति’ जारी: ब्रोकर कम्पनी चार श्रेणीमा वर्गीकरण

काठमाडौँ – नेपाल धितोपत्र बोर्डले देशको पुँजी बजारलाई आधुनिक, प्रतिस्पर्धी,

इन्द्रजात्रामा श्वेतभैरवको ‘हाथु द्यः’ प्रसाद लिन महिलाहरूको तछाडमछाड (तस्बिरहरू)

काठमाडौं– इन्द्रजात्रा अर्थात् ‘येँया पुन्ही’को पाँचौँ दिन श्वेतभैरव (हाथु द्यः)

काङ्ग्रेस उपसभापतिमा पुष्पा भुसालले दाबी गर्ने

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उपसभापतिका लागि पुष्पा भुसालले उम्मेदवारी

सिन्धुलीको बीपी राजमार्गमा स्कार्पियो दुर्घटना, काभ्रेका ८ जना घाइते

काठमाडौँ – सिन्धुलीको सुनकोशी गाउँपालिका–३ गणेशथानस्थित बीपी राजमार्गमा स्कार्पियो जिप

भोटेकोशीको बाढीपछि विद्युत् प्रणालीमा चाप : हिउँदको सङ्कट टार्न भूमिगत ग्रिड विस्तार

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत्