फर्जी मत खसालिएपछि पाटन क्याम्पसमा अनेरास्ववियु र नेविसंघबीच कुटाकुट « Khabarhub

फर्जी मत खसालिएपछि पाटन क्याम्पसमा अनेरास्ववियु र नेविसंघबीच कुटाकुट


५ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


486
Shares
  • change font
  • change font
  • change font

काठमाडौ- फर्जी मतको विवादले पाटन संयुक्त क्याम्पसमा नेपाली कांग्रेसनिकट नेविसंघ र नेकपा एमालेनिकट अनेरास्ववियुका विद्यार्थीहरूबीच कुटाकुट भएको छ ।

स्ववियु निर्वाचनका लागि फर्जी मतदाताले मतदान गरेको भन्दै विवाद सिर्जना भएपछि मंगलबार दुवै सत्ताधारी संगठनका नेता-कार्यकर्ताबीच कुटाकुट भएको हो ।

एकजना विद्यार्थीको परिचयपत्रमार्फत् सात जनासम्मले मतदान गरेको पाइएपछि अनेरास्ववियुले आपत्ति जनाएको थियो ।

एक सयजना विद्यार्थीले मतदान गरिसकेपछि विवाद भएर मतदान प्रक्रिया रोकिएको थियो । विवाद समाधान गर्न सर्वपक्षीय बैठक बसिरहेका बेला बाहिर नेविसंघ र अनेरास्ववियुका कार्यकर्ताबीच कुटाकुट भएको हो ।

निर्वाचनस्थल तनावग्रस्त बनेपछि समितिको बैठक बसिरहेको छ । अनेरास्ववियु लगायतका विद्यार्थी संगठनले मतदान प्रक्रियामा सहभागी नहुने घोषणा गरेका छन् । उनीहरूले निर्वाचन समितिलाई ज्ञापनपत्र बुझाउँदै मतदान प्रक्रियाबाट बाहिरिएको घोषणा गरे ।

नेविसंघ लगायतका अन्य विद्यार्थी संगठनहरूले हार्ने डर भएपछि अनेरास्ववियुले चुनाव विथोल्न खोजेको आरोप लगाएका छन् ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  ५ : ४८ बजे

आईसीसी एसिया कन्फ्रेन्स नेपालमा हुने

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को सहकार्यमा नेपाल क्रिकेट संघ

 सभामुखसँग अमेरिकी कावा राजदूत शिष्टाचार भेट

काठमाडौँ– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट

पाकिस्तानी लेजेन्ड मिस्बाह-उल-हक सुदूरपश्चिम रोयल्सको प्रशिक्षक

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल टिम सुदूरपश्चिम रोयल्सले पाकिस्तानी लेजेन्ड