सुवेदी नेतृत्वको आन्दोलन समितिलाई राप्रपा नेपालको समर्थन, उपाध्यक्ष लुइँटेललाई पठाइयो « Khabarhub

सुवेदी नेतृत्वको आन्दोलन समितिलाई राप्रपा नेपालको समर्थन, उपाध्यक्ष लुइँटेललाई पठाइयो


५ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालबाट नवराज सुवेदी नेतृत्वको जनआन्दोलन समितिमा अध्यक्ष कमल थापा नजाने भएका छन् ।

मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सुवेदी नेतृत्वको समितिमा उपाध्यक्ष तारानाथ लुइँटेललाई प्रतिनिधिका रुपमा पठाउने निर्णय भएको महामन्त्री राजाराम बर्तौलाले बताए ।

बैठकले पूर्वराजा ज्ञानेन्द्र शाहबाट प्रजातन्त्र दिवसका अवसरमा फागुन ७ गते राष्ट्रको नाममा भएको सम्बोधनको भावनालाई आत्मसाथ गर्दै सनातन हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना, संघीयताको खारेजी तथा भ्रष्टाचारको अन्त्य जस्ता मुख्य एजेण्डा बोकेर सुवेदीको संयोजकत्वमा संयुक्त जनआन्दोलन समिति गठन भएकोमा खुसी व्यक्त गरेको छ । उक्त जनआन्दोलनमा राप्रपा नेपालको पूर्ण सहयोग र सहभागिता रहने निर्णय बैठकले गरेको बर्तौलाले बताए ।

राप्रपा नेपालले वर्तमान राज्य प्रणालीको विगत दुई दशकको राजनीतिक अभ्यास, देशको वर्तमान अवस्था र जनताको भावनालाई दृष्टिगत गरी विद्यमान राजनीतिक प्रणालीमा आमुल सुधारबारे गम्भीर भएर सोच्न सबै राजनीतिक दल र सम्बद्ध सबैलाई भनेको छ।

‘राजासहितको प्रजातन्त्र निरंकुशता वा विगतको व्यवस्थातर्फको प्रतिगमन होइन, नेपालको भूराजनीतिक अवस्था र धार्मिक, सांस्कृतिक, सामाजिक परिवेशमा अहिलेको भन्दा धेरै गुणा बढी उन्नत र अग्रगामी प्रजातन्त्र हो भन्ने राप्रपा नेपालको मान्यता छ’, बर्तौलाले भनेका छन्, ‘राष्ट्रिय सहमति हुने हो भने वर्तमान संविधानकै परिधिभित्रबाटै सनातन हिन्दु अधिराज्यको मान्यतामा आधारित राज्य व्यवस्था कायम गर्न सकिने छ । यो समयको माग र देशको आवश्यकता हो ।’

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  ६ : ०८ बजे

आयातोल्लाह अली खामेनीको क्रूर हत्या गरियो : पुटिन

काठमाडौं- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इरानी सर्वोच्च नेता आयातोल्लाह अली

निर्वाचनमा कानुनविपरीत काम गर्नेलाई कानुनी कारबाही गर्छौँ : गृहमन्त्री अर्याल

जानकी– गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सुरक्षा तयारीको

इरानको नेतृत्व परिषदमा आयातोल्लाह अली रेजा अराफी नियुक्त

काठमाडौं- नयाँ सर्वोच्च नेता चयन नभएसम्म इरानको शासन सञ्चालन गर्न

बेलायती सैनिक तैनाथ साइप्रसमा पनि इरानले गर्‍यो क्षेप्यास्त्र हमला

काठमाडौं- इरानले भूमध्यसागरको पूर्वी भागमा अवस्थित टापु राष्ट्र साइप्रसमा पनि

आन्तरिक विवाद त्यागेर निर्वाचनमा होमिन उपमहासचिव भट्टराईको जोड

झापा– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव योगेशकुमार भट्टराईले पार्टीको