सुवेदी नेतृत्वको आन्दोलन समितिलाई राप्रपा नेपालको समर्थन, उपाध्यक्ष लुइँटेललाई पठाइयो « Khabarhub

सुवेदी नेतृत्वको आन्दोलन समितिलाई राप्रपा नेपालको समर्थन, उपाध्यक्ष लुइँटेललाई पठाइयो


५ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालबाट नवराज सुवेदी नेतृत्वको जनआन्दोलन समितिमा अध्यक्ष कमल थापा नजाने भएका छन् ।

मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सुवेदी नेतृत्वको समितिमा उपाध्यक्ष तारानाथ लुइँटेललाई प्रतिनिधिका रुपमा पठाउने निर्णय भएको महामन्त्री राजाराम बर्तौलाले बताए ।

बैठकले पूर्वराजा ज्ञानेन्द्र शाहबाट प्रजातन्त्र दिवसका अवसरमा फागुन ७ गते राष्ट्रको नाममा भएको सम्बोधनको भावनालाई आत्मसाथ गर्दै सनातन हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना, संघीयताको खारेजी तथा भ्रष्टाचारको अन्त्य जस्ता मुख्य एजेण्डा बोकेर सुवेदीको संयोजकत्वमा संयुक्त जनआन्दोलन समिति गठन भएकोमा खुसी व्यक्त गरेको छ । उक्त जनआन्दोलनमा राप्रपा नेपालको पूर्ण सहयोग र सहभागिता रहने निर्णय बैठकले गरेको बर्तौलाले बताए ।

राप्रपा नेपालले वर्तमान राज्य प्रणालीको विगत दुई दशकको राजनीतिक अभ्यास, देशको वर्तमान अवस्था र जनताको भावनालाई दृष्टिगत गरी विद्यमान राजनीतिक प्रणालीमा आमुल सुधारबारे गम्भीर भएर सोच्न सबै राजनीतिक दल र सम्बद्ध सबैलाई भनेको छ।

‘राजासहितको प्रजातन्त्र निरंकुशता वा विगतको व्यवस्थातर्फको प्रतिगमन होइन, नेपालको भूराजनीतिक अवस्था र धार्मिक, सांस्कृतिक, सामाजिक परिवेशमा अहिलेको भन्दा धेरै गुणा बढी उन्नत र अग्रगामी प्रजातन्त्र हो भन्ने राप्रपा नेपालको मान्यता छ’, बर्तौलाले भनेका छन्, ‘राष्ट्रिय सहमति हुने हो भने वर्तमान संविधानकै परिधिभित्रबाटै सनातन हिन्दु अधिराज्यको मान्यतामा आधारित राज्य व्यवस्था कायम गर्न सकिने छ । यो समयको माग र देशको आवश्यकता हो ।’

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  ६ : ०८ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी