लेखा समितिको बैठक निरन्तर राख्न माग « Khabarhub

लेखा समितिको बैठक निरन्तर राख्न माग


४ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सांसदहरुले प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक निरन्तर राख्न माग गरेका छन् । 

सिंहदरबारमा मंगलबार बसेको समिति बैठकमा सांसदहरुले समितिमा उपसमितिको प्रतिवेदन र उजुरीका धेरै चाङ हुदा पनि समयमा नै बैठक नबोलाएको भन्दै सभापति ऋषिकेश पोखरेलको भूमिकाप्रति पनि आपत्ति जनाएका छन् । 

समिति सदस्य सांसद रामकृष्ण यादवले समितिको बैठक प्रतिनिधिसभाको शून्य समयजस्तै प्रभावविहिन हुन थालेको बताए । समितिको बैठक पर्वजस्तै पण्डितसँग दिन तोकेर बस्ने देखिएको भन्दै उनले आपत्ति जनाए । सभापति पोखरेलले एजेण्डामा केन्द्रीत हुन आग्रह गरेपछि सांसद यादवले जहिले पनि बीचैमा रोक्ने काम उचित नभएको बताए । सभापति पोखरेलले भने क्यालेन्डर अनुसार नै समितिको बैठक बसेको जिकिर गरे ।

त्यस्तै सांसद प्रेमबहादुर आलेले सांसद यादवको भनाइप्रति समर्थन जनाउदै ११४ वटा उजुरी हुँदा पनि महिनामा एक पटकमात्रै बैठक बस्नु उचित नभएको बताए । राज्यको सम्पत्ति दुरुपयोग भएको विषयमा लेखा समितिले निष्पक्ष र प्रभावकारी ढङ्गले छानबिन गर्न सक्नुपर्ने उनले बताए । उनले डेडिकेटेट र ट्रङ्कलाइनको महशुल बक्यौता उठाउनुपर्ने निर्णय गर्दा सभापतिले नै त्यसलाई रोकेको आरोप लगाए। उनले डेडिकेटेट र ट्रङ्कलाइनको महशुल बक्यौता उठाउनका लागि निर्देशन दिन माग गरे ।

त्यस्तै सांसद मनिष झाले समितिका बैठक नियमित बस्नुपर्ने र समितिबाट भएका निर्देशनको कार्यान्वयनको अवस्था बुझ्नुपर्ने बताए । उनले सिमेन्ट र फलामे डण्डीको मूल्यवृद्धि बारे समितिले दिएको निर्देशन कार्यान्वयन नहुँदा फेरी समितिमा उजुरी आएको जिकिर गरे ।

त्यस्तै अन्य सांसदहरुले समितिमा प्राप्त उजुरीहरुलाई प्राथमिकताका आधारमा छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने सुझाव दिएका थिए ।

प्रकाशित मिति : ४ चैत्र २०८१, मंगलबार  ६ : १० बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया