राजावादीको सक्रियता बढेपछि कांग्रेसले बोलायो बैठक, ठोस धारणा सार्वजनिक गर्ने « Khabarhub

राजावादीको सक्रियता बढेपछि कांग्रेसले बोलायो बैठक, ठोस धारणा सार्वजनिक गर्ने


५ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहलाई तेस्रोपल्ट राजा बनाउने भन्दै राजावादी शक्तिहरूले घोषणा गरेको आन्दोलनबारे संस्थागत धारणा बनाउन प्रमुख सत्तारूढ नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा मंगलबार बसेको पदाधिकारी बैठकले गत फागुन २५ गतेदेखि बढ्न थालेको राजावादीको आन्दोलनबारे पार्टीको धारणा तय गर्त चैत १० गते केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाउने निर्णय गरेको हो ।

बैठकपछि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले चैत १० गते कार्यसम्पादन समिति बैठक बोलाउने निर्णय भएको जानकारी दिए । ‘१० गते कार्यसम्पादन समितिको बैठक बस्ने र समग्र विषयमा समीक्षा गरेर हामी केही निर्णयहरू पनि गछौँं,’ उनले भने ।

प्रवक्ता महतले पदाधिकारी बैठकमा राजावादीको पछिल्लो चलखेलबारे सामान्य समीक्षा भएको पनि जानकारी दिए । उनले कार्यसम्पादन समितिको बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल गरिने बताए ।

‘सामान्य समीक्षा भयो नै । संविधान हामीले निर्माण गरेका हौँ । जनाताले नै निर्माण गरेको हो । जनताद्वारा निर्वाचित दुईतिहाइभन्दा बढी झण्डै ९० प्रतिशत निर्वाचित प्रतिनिधिले संविधान निर्माण गरेको हो,’ महतले भने, ‘जनताले बनाएको संविधानबाट यो सरकार सञ्चालित छ । उपलब्धिको रक्षा गर्ने कुरा हो । यसमा द्विविधा छैन । १० गते बस्ने बैठकमा हामी यस विषयमा थप समीक्षा गर्छौँ । हामीले कसरी आफूलाई प्रस्तुत गर्नुपर्छ भन्ने कुरामा अवश्य पनि त्यहाँ छलफल हुने छ ।’

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  ६ : १८ बजे

आयातोल्लाह अली खामेनीको क्रूर हत्या गरियो : पुटिन

काठमाडौं- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इरानी सर्वोच्च नेता आयातोल्लाह अली

निर्वाचनमा कानुनविपरीत काम गर्नेलाई कानुनी कारबाही गर्छौँ : गृहमन्त्री अर्याल

जानकी– गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सुरक्षा तयारीको

इरानको नेतृत्व परिषदमा आयातोल्लाह अली रेजा अराफी नियुक्त

काठमाडौं- नयाँ सर्वोच्च नेता चयन नभएसम्म इरानको शासन सञ्चालन गर्न

बेलायती सैनिक तैनाथ साइप्रसमा पनि इरानले गर्‍यो क्षेप्यास्त्र हमला

काठमाडौं- इरानले भूमध्यसागरको पूर्वी भागमा अवस्थित टापु राष्ट्र साइप्रसमा पनि

आन्तरिक विवाद त्यागेर निर्वाचनमा होमिन उपमहासचिव भट्टराईको जोड

झापा– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव योगेशकुमार भट्टराईले पार्टीको