आफ्ना चार नागरिकलाई फाँसी दिएपछि चीनसँग क्यानाडा आक्रोशित « Khabarhub

आफ्ना चार नागरिकलाई फाँसी दिएपछि चीनसँग क्यानाडा आक्रोशित


५ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टोरोन्टो – क्यानाडाले चीनमा चार क्यानेडियन नागरिकलाई मृत्युदण्ड दिएकोमा कडा निन्दा गरेको छ। क्यानाडाकी विदेशमन्त्री मेलानी जोलीले यो फाँसी मानवताको आधारभूत अधिकारको विरुद्ध भएको बताएकी छिन् ।

क्यानाडाले चीनलाई यी मानिसहरूलाई माफ गर्न अपील गरेको थियो तर चीनले अस्वीकार गरेको थियो । क्यानाडाले सबै प्रकारको मृत्युदण्डको विरोध गरेको बताएको छ ।

क्यानाडाले पीडित परिवारलाई सहयोग गरिरहेको छ । अर्कोतर्फ चीनले फाँसीको बचाउ गर्दै यी व्यक्तिहरू लागूऔषध मुद्दामा दोषी रहेको बताएको छ। यो घटनाका कारण क्यानडा–चीन सम्बन्धमा तनाव उत्कर्षमा पुगेको छ ।

चीनले लागूऔषधका सम्बन्धमा आफ्नो नीति निकै कडा रहेको बताएको छ । चीनले यी व्यक्तिलाई कानूनअनुसार सजाय दिइएको पनि बताएको छ । चीनले क्यानाडालाई आफ्नो कानून र न्याय प्रणालीको सम्मान गर्न र आधारहीन बयानहरू बन्द गर्न आग्रह गरेको छ ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता माओ निङले लागुऔषध सम्बन्धी अपराधविरुद्ध लड्नु सबै देशको साझा दायित्व भएको बताए । ‘क्यानाडाले कानूनको शासनको सम्मान गर्नुपर्छ र चीनको न्यायिक सार्वभौमसत्तामा हस्तक्षेप गर्न बन्द गर्नुपर्छ।’

क्यानाडाकी विदेशमन्त्री मेलानी जोलीले चार जना क्यानाडाली नागरिकको दोहोरो नागरिकता रहेको बताएकी छिन् । क्यानाडाले यस्तै मामिलाहरू सामना गरिरहेका आफ्ना अन्य नागरिकहरूको लागि उदारता खोज्नेछ ।

तर विज्ञहरूले यसको पछाडि अनेक खेलको औंल्याइरहेका छन् । चीनले बारम्बार आफ्नो कुरा बुझाउन यस्ता रणनीति अपनाउने गर्ने गरेको जनाउँदै आएका छन् । उनीहरुले यो खेल २०१८ को जस्तो नहोस् भन्ने लाग्छ । सन् २०१८ देखि क्यानाडा–चीन सम्बन्धमा तनाव छ ।

त्यसपछि ट्रम्प प्रशासनको आग्रहमा चिनियाँ दूरसञ्चार कम्पनी हुवावेका प्रमुख वित्तीय अधिकृत मेङ वान्झाउलाई भ्यानकुभरमा हिरासतमा लिइएको थियो भने बदलामा चीनले तुरुन्तै २ क्यानाडाली नागरिकलाई पक्राउ गरेको थियो । त्यसपछि दुवै वार्ताको टेबलमा आए र पछि मेग र दुवै क्यानेडियन नागरिकलाई २०२१ मा रिहा गरियो।

यस महिनाको शुरूमा पनि चीनले क्यानाडाली कृषि र खाद्य उत्पादनहरूमा २।६ बिलियन भन्दा बढी ट्यारिफ घोषणा गर्यो । ओटावाले गत वर्ष चिनियाँ विद्युतीय सवारी साधान, स्टिल र आल्मुनियम उत्पादनमा लगाएको शुल्कको प्रतिक्रियामा यो कदम चालिएको हो ।

ओटावास्थित चिनियाँ दूतावासले एक विज्ञप्तिमा क्यानाडाले गैरजिम्मेवार टिप्पणी गरिरहेको बताएको छ। दूतावासले मृत्युदण्ड दिइएको हो कि भनेर पुष्टि गरेन, तर चीनले लागुऔषध सम्बन्धी अपराधका लागि सधैँ कठोर सजाय दिइरहेको छ र लागुऔषध समस्या प्रति शून्य सहनशीलताको दृष्टिकोण राख्ने गरेको भने स्पष्ट पारेको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  ४ : २६ बजे

अमेरिकी भिसा नवीकरणमा नहुँदा भारतीय कामदार अलपत्र

काठमाडौं – अति दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको

मेची भन्सार कार्यालय : पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा– चालु आर्थिक वर्ष वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग