ट्रम्पका दूतले रुसको भाषा बोलेको जेलेन्स्कीको आरोप « Khabarhub

ट्रम्पका दूतले रुसको भाषा बोलेको जेलेन्स्कीको आरोप


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


636
Shares
  • change font
  • change font
  • change font

किभ – युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत स्टिभ विटकोफले रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनको भाषा बोलेको आरोप लगाएका छन्।

रुस र युक्रेनको युद्ध विराम भइरहेको समयमा रुसले नियन्त्रणमा राखेको पाँच राज्यको सवालमा विटकोफको धारणा आएपछि जेलेन्स्कीले सो आरोप लगाएका हुन्।

पुटिनसँग ५ घण्टा लामो वार्ता सकिएपछि फक्स न्युजमा अन्तरवार्ता दिँदै विटकोफले युद्ध अन्त्यका लागि पाँच क्षेत्रका बारे छलफल हुने बताएका हुन्।

बिहीबार नै राजधानी किभमा पत्रकार सम्मेलनको आयोजना गर्दै जेलेन्स्कीले विटकोफले रुसको पक्षबाट कुरा राखेको आरोप लगाए। थाहा पाएर या नपाएरै उनी रुसको पक्षमा वकालत गर्न सुरु गरेकाले यो साँच्चै डर लाग्दो अवस्था भएको भन्दै उनले चिन्ता व्यक्त गरेका छन्।

सन् २०२२ का फेब्रुअरीमा रुसले युक्रेन कब्जा गर्ने नीतिसहित आक्रमण गरेयता पूर्वी क्षेत्रका डोन्सटेक, लुहान्सक, झाम्पोझारिया र खेर्सनका धेरै स्थानमा रुसी सेनाले कब्जा जमाएको छ। पाँचौँ राज्यका रूपमा क्रेमिया भएको हुनसक्छ। सन् २०१४ मा क्रेमिया युक्रेनले लिएको हो।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ७ : १६ बजे

तीजको दरखाने खर्च बाढीपीडितलाई

काभ्रेपलाञ्चोक– पाँचखाल नगरका सामुदायिक स्वास्थ्य स्वयंसेविकाद्वारा तीजको दरखाने पैसा प्रधानमन्त्री दैवी

भोटेकोशी बाढी : हालसम्म १ हजार ३ सय ८६ जनाको शव फेला

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आइतबार दिउँसो २:००

अध्यक्ष ओलीलाई ध्यानाकर्षण पत्र बुझाइयो 

काठमाडौं– छापा माध्यम बचाउ सुझाव कार्यदलले लोककल्याणकारी विज्ञापनबापत उपलब्ध गराइने

उत्तरी नाइजेरियामा ६ जना धार्मिक गुरु अपहरण

जाम्फारा, नाइजेरिया- उत्तरी नाइजेरियाको जाम्फारा राज्यमा हतियारधारी समूहले ६ जना

छिमेकमा ब्रिक्स सम्मेलन : नेपाल न टेबलमा, न मेनुमा ?

काठमाडौं- नयाँ दिल्लीमा शनिबार र आइतबार दुई दिनसम्म चलेको १८औँ