ट्रम्पका दूतले रुसको भाषा बोलेको जेलेन्स्कीको आरोप « Khabarhub

ट्रम्पका दूतले रुसको भाषा बोलेको जेलेन्स्कीको आरोप


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


636
Shares
  • change font
  • change font
  • change font

किभ – युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत स्टिभ विटकोफले रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनको भाषा बोलेको आरोप लगाएका छन्।

रुस र युक्रेनको युद्ध विराम भइरहेको समयमा रुसले नियन्त्रणमा राखेको पाँच राज्यको सवालमा विटकोफको धारणा आएपछि जेलेन्स्कीले सो आरोप लगाएका हुन्।

पुटिनसँग ५ घण्टा लामो वार्ता सकिएपछि फक्स न्युजमा अन्तरवार्ता दिँदै विटकोफले युद्ध अन्त्यका लागि पाँच क्षेत्रका बारे छलफल हुने बताएका हुन्।

बिहीबार नै राजधानी किभमा पत्रकार सम्मेलनको आयोजना गर्दै जेलेन्स्कीले विटकोफले रुसको पक्षबाट कुरा राखेको आरोप लगाए। थाहा पाएर या नपाएरै उनी रुसको पक्षमा वकालत गर्न सुरु गरेकाले यो साँच्चै डर लाग्दो अवस्था भएको भन्दै उनले चिन्ता व्यक्त गरेका छन्।

सन् २०२२ का फेब्रुअरीमा रुसले युक्रेन कब्जा गर्ने नीतिसहित आक्रमण गरेयता पूर्वी क्षेत्रका डोन्सटेक, लुहान्सक, झाम्पोझारिया र खेर्सनका धेरै स्थानमा रुसी सेनाले कब्जा जमाएको छ। पाँचौँ राज्यका रूपमा क्रेमिया भएको हुनसक्छ। सन् २०१४ मा क्रेमिया युक्रेनले लिएको हो।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ७ : १६ बजे

चुनाव नलड्ने पूर्वऊर्जामन्त्री दीपक खड्काको घोषणा

काठमाडौं- पूर्वऊर्जामन्त्री एवम् नेपाली कांग्रेसका नेता दीपक खड्काले आगामी चुनाव

नागरिक उन्मुक्तिलाई नेकपामा विलय गराएकी रञ्जिता चुनाव नलड्ने, अर्कैलाई दिइन् टिकट

काठमाडौं– टीकापुर आन्दोलनबाट थारू समुदायको बलमा उदाएको नागरिक उन्मुक्ति पार्टीलाई

सेन्सीले सार्वजनिक गर्‍यो वानखेडे स्टेडियममा नेपाली टोलीको खेल प्रत्यक्ष हेर्न पाउने विजेता

काठमाडौं –जापानी प्रविधिमा आधारित घरेलु उपकरण ब्रान्ड सेन्सीले भारतको मुम्बईस्थित

प्रतिनिधिसभा सदस्य निर्वाचन : मनोनयनपत्र दर्ताको तयारी पूरा

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि