कञ्चनजङ्घा हीरक महोत्सव आजदेखि « Khabarhub

कञ्चनजङ्घा हीरक महोत्सव आजदेखि


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– विश्वको तेस्रो सर्वोच्च शिखर कञ्चनजङ्घाको पहिलो सफल आरोहणको ७० औँ वार्षिकोत्सवका अवसरमा आजदेखि यहाँ ‘कञ्चनजङ्घा हीरक महोत्सव–२०८२’ आयोजना हुँदैछ । 

कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को आयोजनामा हुने महोत्सव यही वैशाख ७ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा स्थानीय उत्पादनको प्रदर्शनी र बिक्री,  खानाका परिकारको प्रवर्द्धन, विविध सांस्कृतिक कार्यक्रम, खेलकुद, पदयात्रा, फोटो तथा भिडियो प्रदर्शनीलगायत विविध गतिविधि हुने परिषद्का सचिव मनकुमार लिम्बूले बताए। 

महोत्सवमा ताप्लेजुङ जिल्लाका छ जना कञ्चनजङ्घा आरोहीहरू पासाङ शेर्पा, ङाडा शेर्पा, लाक्पा शेर्पा, दावाछेतेन शेर्पा, मिङ्माग्यावु शेर्पा र लाक्पा शेर्पा रहेका छन् ।  

‘कञ्चनजङ्घा संरक्षण क्षेत्रः प्रकृतिको उपहार, दिगो पर्यापर्यटन समृद्धिको आधार’ भन्ने नारासहित आयोजना हुने यस महोत्सवले संरक्षण र दिगो पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

सन् १९५५ मे २५ मा बेलायती आरोही जो ब्राउन र जर्ज ब्याण्डले कञ्चनजङ्घाको दक्षिणी मोहोडाबाट पहिलो पटक सफल आरोहण गरेका थिए । 
 

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ६ : ३१ बजे

नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’ मा शिल्पा पोखरेलको अभिनय

काठमाडौँ – नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’

कांग्रेसमा थारूतर्फका तीन पदको मतगणना सुरु

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत थारू क्लस्टरका सहमहामन्त्री, खुला केन्द्रीय सदस्य

कांग्रेसमा ३५ वर्षमुनिका केन्द्रीय सदस्य को-को बने ?

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सात प्रदेशबाट ३५ वर्षमुनिका युवा खुला

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

दाङ – ठगी मुद्दामा फरार रहेका तीन जना प्रतिवादीलाई प्रहरीले