आगलागीमा ६० लाख बराबरको क्षति « Khabarhub

आगलागीमा ६० लाख बराबरको क्षति


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

इनरुवा– सुनसरीको कोशी गाउँपालिका–६ मा बिहीबार आगलागी हुँदा ६० लाख बराबरको क्षति भएको छ ।

गाईवस्तुको झिङ्गा र लामखुट्टे धपाउन बालेको आगो (घुरा) ले आगलागी हुँदा पाँच परिवारका १० वटा घर जलेर नष्ट भएको थियो । जसमा रु ६० लाख बराबरको क्षति भएको स्थानीय वीरेन्द्रकुमार यादवले बताए।

स्थानीय बाबुनन्द गोइत, रमानन्दराम यादव, मनोज यादव, खुसीलाल गोइत र विजय गोइतका घर जलेर नष्ट हुँदा रु ६० लाख बराबरको क्षति भएको उनले जानकारी दिए। 

आगलागीमा स्थानीय बाबुनन्द गोइतको एक लाख नगद नै जलेर नष्ट भएको छ । त्यसैगरी, आगलागीमा घरभित्र रहेका फर्निचरसहित सम्पूर्ण सामग्री, सुनचाँदीलगायत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता तथा प्रहरी निरीक्षक दिनेश अधिकारीले जानकारी दिए । 

स्थानीय बाबुन्दको घरबाट आगलागी भएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी, कोशी गाउँपालिकाको बारुणयन्त्रको सहयोगमा आगो निभाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
 

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ७ : ४८ बजे

नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’ मा शिल्पा पोखरेलको अभिनय

काठमाडौँ – नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’

कांग्रेसमा थारूतर्फका तीन पदको मतगणना सुरु

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत थारू क्लस्टरका सहमहामन्त्री, खुला केन्द्रीय सदस्य

कांग्रेसमा ३५ वर्षमुनिका केन्द्रीय सदस्य को-को बने ?

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सात प्रदेशबाट ३५ वर्षमुनिका युवा खुला

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

दाङ – ठगी मुद्दामा फरार रहेका तीन जना प्रतिवादीलाई प्रहरीले