कैलालीमा सुतेकै कोठामा मृत भेटिए विदेशी नागरिक « Khabarhub

कैलालीमा सुतेकै कोठामा मृत भेटिए विदेशी नागरिक


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

धनगढी – कैलालीमा विदेशी नागरिक मृत अवस्थामा भेटिएका छन् । इङ्ल्यान्ड घर भएर टुरिष्ट भिसामा नेपाल आएका ६५ वर्षीय स्पेफन गोर बिहीबार राति बर्दगोरिया गाउँपालिका–४ नोमाबोझीमा मृत भेटिएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कविन्द्र सिंह बोहराले गत कार्तिकदेखि स्थानीय मानबहादुर मल्लको घरमा डेरा गरि बस्ने गोर राति साढे ९ बजेको समयमा सुतेको कोठामै मृत भेटिएको बताए ।

उनकाअनुसार उनी कोठामा भित्रबाट चुक्कन लगाएर ढोका बन्द गरेको अवस्थामा मृत भेटिएका थिए । सोही ठाउँ बस्दै आएकी भारतको तामिलनाडु घर भएकी नेपाली मूलकी चित्राकुमारी बमले बोलाउँदा नबोलेपछि ढोका खोलेर हेर्दा सुतेकै अवस्थामा मृत भेटिएका थिए ।

घटनास्थल कार्य सकेर शव परीक्षणका लागि अस्पताल पठाइने र त्यसपछि शव सम्बन्धित देशमा पठाउने प्रकृया अघि बढाइने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतक र नेपाली मूलकी भारतीय महिला बमका बुवा साथी हुन् ।

घुम्नकै लागि नेपाल आएका उनीहरू कार्तिकदेखि बर्दगोरिया–४ मा छुट्टाछुट्टै घरमा डेरा गरि बस्दै आएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ८ : ५२ बजे

एक्सन फिल्म ‘परिवर्तन’ हेर्न १६ वर्ष मुनिका दर्शकलाई अभिभावक साथ चाहिने

काठमाडौं – माघ ९ बाट प्रदर्शनमा आउन लागेको एक्सन फिल्म

अन्तर्राष्ट्रिय तेल बजारमा गिरावट, विश्वव्यापी लगानीकर्तामा अनिश्चितता

एजेन्सी– एशियाली शेयर बजारमा बुधबार प्रायः गिरावट देखिएको छ । अमेरिकी

दोलखाका उम्मेदवारलाई गिजाइरहेका बेवारिसे योजना  

दोलखा– पछिल्लो एक दशकको अवधिमा दुई वटा निर्वाचन सम्पन्न भएर

गगनलाई सभापति बनाएपछि के गर्दैछन् विश्वप्रकाश ?

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले यसपटक कुनै पनि स्थानबाट

विशालनगरमा कमल थापाले खोले निर्वाचन समन्वय कार्यालय                      

काठमाडौं– काठमाडौं -५ का राप्रपाका उम्मेदवार कमल थापाले निर्वाचन समन्वय