आपसी विवादमा बुवा-छोराले गरे विषादी सेवन « Khabarhub

आपसी विवादमा बुवा-छोराले गरे विषादी सेवन


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीमा आपसी विवादको विषयलाई लिएर बुवा र छोराले एकसाथ विषादी सेवन गरेका छन् । शुक्रबार बिहान २ बजेको समयमा विवाद भएपछि लम्कीचुहा नगरपालिका–१० सिसैया बस्ने ५६ वर्षीय सन्तराम चौधरी र उनका २० वर्षीय छोरा श्याम चौधरीले किरा मार्ने विषादी सेवन गरेको प्रहरीले जनाएको छ  ।

उनीहरू दुवै जनाको बर्दगोरिया अस्पतालमा उपचार भइरहेको छ । दुवैको अवस्था भने सामान्य रहेको छ ।

यसैगरी कैलालीमा ४ वर्षीया बालकमाथि हँसिया प्रहार गरिएको छ । घोडाघोडी नगरपालिका–५ को देउकलिया बस्ने हरि कडेलको ४ वर्यीया छोरा प्रेममाथि हँसिया प्रहार भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कविन्द्र सिंह बोहराले प्रेम आँगनमा खेलिरहेको अवस्थामा बाजे नाता पर्ने ४० वर्षीय अर्जुन कँडेलले पराल र भुषा राखेको कोठामा लगेर गर्धनमा हँसिया प्रहार गरेको पाइएको बताए ।

बालकलाई घोडाघोडीमा सामान्य उपचारपछि थप उपचारका लागि धनगढी ल्याइएको छ । हँसिया प्रहार गर्ने अर्जुन कँडेललाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ । उनी मानसिक रूपमा अस्वस्थ रहेको बुझिएको प्रहरीको भनाइ रहेको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ९ : ०७ बजे

ज्ञानेन्द्रले फेरि लेखे ‘राजा’, संवाद सचिवालय भन्छ, ‘श्री ५ महाराजधिराज जनकपुर गइबक्सिँदैछ’

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले फेरि आफूलाई पूर्वराजाकै हैसियतमा राखेर सन्देश

नौ अंकले घट्यो शेयर बजार 

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक नौ दशमलव ४३ अंकले

पर्यटकको आकर्षण बन्दै विश्व शान्ति स्तूप (तस्बिरहरू)

काठमाडौं– विश्व शान्ति स्तूप पोखरा उपत्यकाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय

ट्रम्पको विमान एयरफोर्स-१ मा गडबडी, डाभोस जाने क्रममा उडिसकेपछि फिर्ता

जेनेभा- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विमान दावोस जान लाग्दा टेक

बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील

बैतडी– बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील सूचीमा राखिएका छन् । आगामी