रतुवामाई वृक्षारोपण आयोजनाका कर्मचारीले १० महिनादेखि पाएनन् तलब « Khabarhub

रतुवामाई वृक्षारोपण आयोजनाका कर्मचारीले १० महिनादेखि पाएनन् तलब


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

भद्रपुर– जिल्लाको केर्खास्थित रतुवामाई वृक्षारोपण आयोजनाका कर्मचारीले १० महिनादेखि तलब भत्ता पाउन सकेका छैनन् । गत वर्ष असारदेखि कर्मचारीले कुनै पनि पारिश्रमिक पाएका छैनन् ।  

उक्त आयोजनामा स्थायी, करार र दैनिक ज्यालादारी गरी ४३ जना कर्मचारी कार्यरत छन् । आयोजना प्रमुख भक्तिप्रसाद गौतमका अनुसार सङ्घीय सरकारले नियुक्त गर्ने पैदावार विकास समितिको अध्यक्ष पद लामो समयदेखि रिक्त हुँदा कार्यक्रम स्वीकृत हुन सकेका छैनन् । 

‘समितिअन्तर्गतको आयोजना भएकाले अध्यक्ष नियुक्त नभएकाले तबल उपलब्ध नहुनुका साथै अन्य कुनै पनि काम अगाडि बढ्न सकेका छैनन्’, उनले भने । 

वृक्षारोपण गर्ने, वनजङ्गल संरक्षण गरी हुर्काइएको वनबाट काठपात बिक्री गरी तलब भत्ता खाने गरिए पनि कार्यक्रम स्वीकृत नहुँदा लामो समयदेखि काठ बिक्री नभएको आयोजना प्रमुख गौतमले बताए ।

उनका अनुसार रतुवामाई वृक्षारोपण आयोजनाअन्तर्गत दुई हजार ७५३ दशमलव ७६ हेक्टर वन क्षेत्र रहेको छ ।
 
आयोजनाको उक्त वन क्षेत्र पूर्वमा कनकाई नदी, पश्चिममा रतुवा नदी, उत्तरमा चुलाचुली फेदी र दक्षिणी सिमाना पूर्व–पश्चिम राजमार्ग पर्दछ । 

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  १ : १६ बजे

प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री

गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको