स्वर्णिम साहित्य सम्मान मान बज्राचार्यलाई, पुरस्कार सुसारालाई « Khabarhub

स्वर्णिम साहित्य सम्मान मान बज्राचार्यलाई, पुरस्कार सुसारालाई


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वर्णिम साहित्य समाज सुनसरीले प्रत्येक वर्ष प्रदान गर्दै आएको ‘स्वर्णिम साहित्य सम्मान’ र ‘स्वर्णिम साहित्य पुरस्कार’ क्रमशः सुनसरी वराहक्षेत्रका कवि मान बज्राचार्य र पाँचथरका कवि सगुन सुसारालाई दिने निर्णय गरेको छ ।

सुनसरी जिल्लाका अग्रज साहित्यकार मान बज्राचार्यले ‘स्वर्णिम साहित्य सम्मान –२०८२’ सँगै नगद ११ हजार १ रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् ।

कवि बज्राचार्यको ‘वराहक्षेत्र कीर्तन’ (नेपाली/हिन्दी भाषा, २०१०), ‘सजिलो वर्णमाला’ (२०१७), ‘वराहक्षेत्र विष्णुपादुका तीर्थ श्राद्धपद्धति’, (नेपाली/हिन्दी भाषा), ‘वसन्तश्रवण अभिनय काव्य’, ‘साहित्य श्रष्टा’ लगायत ५६ कृति प्रकाशित छन् ।

यस्तै स्वर्णिम साहित्य पुरस्कारबाट पुरस्कृत सुसाराले नगद ५० हजार १ सय ५१ रुपैयाँसहित, सम्मान–पत्र र ट्रफी प्राप्त गर्नेछन् ।
पाँचथर जिल्लाको मिक्लाजुङमा रहेर स्थानीयता र पहिचान लेखनका क्षेत्रमा कलम चलाउँदै आएका कवि सुसारा उत्तरवर्ती सोचका प्रवर्तक समेत मानिन्छन् ।

कवि सुसाराको ‘श्रद्धाको फूल’ २०५६ (कथा सङ्ग्रह), माङफुङको कायाकल्प –२०६४ (कविता सङ्ग्रह), मलाई माया गर्ने मान्छे–२०६६ (गजल सङ्ग्रह), मिथक, बिम्ब र प्रतीक –२०६८ (ताङ्का सङ्ग्रह), लुङ्टा नुङ साम्सिबुङ –२०७३ ( वान्तावा भाषाको गजल सङ्ग्रह), रमिपाङमिचिवो मिन्मा –२०७७ (वान्तावा भाषाको समालोचना कृति) पाँचथरमा राईहरू –२०७७ (इतिहास) लगायत कृति प्रकाशित छन् ।

समाजले प्रेस विज्ञप्तिमार्फत् सार्वजनिक गरेको सम्मान पुरस्कार वितरण कार्यक्रममा आख्यानकार श्याम सिङ्घकको कृति ‘कोइलाखात’ माथि परिचर्चा गर्नेसमेत कार्यक्रम रहेको छ ।

स्वर्णिम साहित्य समाजको १९ औं स्थापना दिवसका अवसरमा आगामी वैशाख २७ गते पुरस्कार प्रदान गरिने अध्यक्ष प्रकाश दिप्साली राईले जानकारी दिए । कार्यक्रम सुनसरीको वराहक्षेत्र–५ स्थित वडा कार्यालयको सभाहलमा आयोजना हुनेछ ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  १ : ३८ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको