अमेरिकी राजदूत जापानसँगको व्यापार सम्झौताप्रति ’अत्यन्त आशावादी’ « Khabarhub

अमेरिकी राजदूत जापानसँगको व्यापार सम्झौताप्रति ’अत्यन्त आशावादी’


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

टोकियो- जापानी वाणिज्य दूतले वासिङ्टनको भ्रमण गरेपछि दुई देशबीच व्यापार सम्झौता हुनेमा आफू ‘अत्यन्त आशावादी’ रहेको जापानका लागि नवनियुक्त अमेरिकी राजदूतले बताएका छन् ।

जापानले ह्वाइट हाउसले घोषणा गरेको कडा कर फिर्ता लिन चाहेको बेला रयोसी अकाजावाले बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पलगायत वरिष्ठ अमेरिकी अधिकारीहरूसँग भेटवार्ता र छलफल गरेका छन् ।

तत्काल कुनै प्रगति नभए पनि अर्को चरणको वार्ता यसै महिनाको अन्त्यअघि हुने बताइएको छ । उनले भने, “मैले अहिले वार्तामा खटिएका करसम्बन्धी अधिकांश अधिकारीहरूसँग भेटेको छु ।”

“सम्झौता हुनेछ, म अत्यन्त आशावादी छु, ” राजदूत जर्ज ग्लासले पत्रकारहरूसँग भने । टोकियोको हानेदा विमानस्थलमा उनले भने, “जापान र अमेकिाका राम्रा र प्रतिभाशाली कुटनीतिज्ञ र कर विशेषज्ञहरूले वार्तालाई सम्झौतामा परिणत गर्ने जिम्मेवारी पूरा गर्न लागिपरेका छन् ।”

‘‘अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौतालाई उच्च प्राथमिकता दिनुभएको छ ।’’ उनले भने, ‘‘त्यसैले मलाई धेरै विश्वास छ, हामी केही गर्नेछौं ।’’

जापानी कम्पनीहरू संयुक्त राज्य अमेरिकामा सबैभन्दा ठूलो लगानीकर्ता हुन् र जापान एशिया–प्रशान्त क्षेत्रमा वाशिङ्गटनको लागि एक महत्वपूर्ण रणनीतिक सहयोगी हो ।

तर ट्रम्पले अधिकांश देशहरूमा लगाएको १० प्रतिशत आधारभूत करका साथै कार, स्टिल र आल्मुनियममा लगाएको पीडादायी कडा करको अधीनमा जापान पनि रहेको छ।

ट्रम्पले जापानमाथि २४ प्रतिशत ‘पारस्परिक’ कर लगाए पनि यो चीनबाहेक अन्य देशहरूमा जस्तै ९० दिनका लागि रोकिएको छ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  २ : २३ बजे

सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

प्रधानमन्त्री राहत कोषमा सहयोग जुट्ने क्रम जारी

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र

इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन राइनोजबाट एनपीएल खेल्दै

चितवन– ‘एकदिवसीय’ र ‘टेष्ट म्याच’ मा अन्तर्राष्ट्रिय शतकसमेत बनाएका इङ्गल्याण्डका

काँकडभिट्टा नाकाबाट तीन महिनामा एक हजार बढी पर्यटक भित्रिए

झापा– पूर्वीनाका काँकडभिट्टा हुँदै तीन महिनामा एक हजार १०६ जना

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

चितवन– भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काममा