पेरुकी पूर्वप्रथम महिला देश छाडेर भागिन्, पुगिन् ब्राजिल « Khabarhub

पेरुकी पूर्वप्रथम महिला देश छाडेर भागिन्, पुगिन् ब्राजिल


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

लिमा- पेरुकी पूर्वप्रथम महिला नादिन हेरेडिया भागेर ब्राजिल पुगेकी छिन् । पेरूको अदालतले उनी र उनका श्रीमान् पूर्वराष्ट्रपति ओलान्ता हुमालालाई सम्पत्ति शुद्धीकरणको आरोपमा १५ वर्षको जेल सजाय सुनाएपछि उनी देश छाडेर भागेकी हुन् । ब्राजिलले उनलाई कूटनीतिक शरण दिएको जनाइएको छ।

‘उहाँ बुधबार आफ्नो छोरासँग राजधानी ब्रासिलिया पुग्नुभएको छ,’ उनका वकिल जुलियो एस्पिनोजाले सीएनएनलाई बताए ।

पेरुको विदेश मन्त्रालयका अनुसार उनले मंगलबार बिहान राजधानी लिमास्थित ब्राजिलियन दूतावासमा शरणका लागि अनुरोध गरेकी थिइन् । जवाफमा ब्राजिलले पनि उनलाई र उनको छोरालाई शरण दिएको हो । र, पेरुभियन सरकारले उनीहरूको सुरक्षित यात्राको ग्यारेन्टी प्रदान गरेको थियो ।

हेरेडियाका वकिलका अनुसार उनले एक अनिर्दिष्ट पारिवारिक कारणले शरणको लागि आवेदन दिएकी थिइन् ।

‘पारिवारिक र व्यक्तिगत निर्णय सजाय सुनाउनुभन्दा करिब दुईदेखि तीन घण्टाअघि यो सबै भयो,’ उनले भने । तर, उनले शरणका लागि पूर्वप्रथम महिलाले अनुरोध गरेको बारेमा मिडिया मार्फत मात्र थाहा पाएको बताए ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  २ : ४८ बजे

स्वास्थ्य बीमा प्रभावकारी बनाउन औषधि बल्क खरिद गर्ने सरकारको तयारी

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई

रास्वपाको एकल बहुमतले राजनीतिक जोखिम कम गर्ने र आर्थिक सुधारको ढोका खोल्ने : फिच रेटिङ

काठमाडौं– अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी ‘फिच रेटिङ’ ले नेपालको पछिल्लो

पश्चिम एसियामा द्वन्द्व : उद्धार तथा आवश्यक सहायताका लागि विवरण दर्ता क्रम जारी

काठमाडौं– पश्चिम एसियाको द्वन्द्वपछि परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागद्वारा सञ्चालनमा

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा २२ दशमलव पाँच मेगावाट क्षमताको

धनुषा-१ मातृका यादव विजयी भएको विवरण आयोगले गर्‍यो वेबसाइटमा अपडेट

काठमाडौँ – निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ को प्रत्यक्ष