पेरुकी पूर्वप्रथम महिला देश छाडेर भागिन्, पुगिन् ब्राजिल « Khabarhub

पेरुकी पूर्वप्रथम महिला देश छाडेर भागिन्, पुगिन् ब्राजिल


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

लिमा- पेरुकी पूर्वप्रथम महिला नादिन हेरेडिया भागेर ब्राजिल पुगेकी छिन् । पेरूको अदालतले उनी र उनका श्रीमान् पूर्वराष्ट्रपति ओलान्ता हुमालालाई सम्पत्ति शुद्धीकरणको आरोपमा १५ वर्षको जेल सजाय सुनाएपछि उनी देश छाडेर भागेकी हुन् । ब्राजिलले उनलाई कूटनीतिक शरण दिएको जनाइएको छ।

‘उहाँ बुधबार आफ्नो छोरासँग राजधानी ब्रासिलिया पुग्नुभएको छ,’ उनका वकिल जुलियो एस्पिनोजाले सीएनएनलाई बताए ।

पेरुको विदेश मन्त्रालयका अनुसार उनले मंगलबार बिहान राजधानी लिमास्थित ब्राजिलियन दूतावासमा शरणका लागि अनुरोध गरेकी थिइन् । जवाफमा ब्राजिलले पनि उनलाई र उनको छोरालाई शरण दिएको हो । र, पेरुभियन सरकारले उनीहरूको सुरक्षित यात्राको ग्यारेन्टी प्रदान गरेको थियो ।

हेरेडियाका वकिलका अनुसार उनले एक अनिर्दिष्ट पारिवारिक कारणले शरणको लागि आवेदन दिएकी थिइन् ।

‘पारिवारिक र व्यक्तिगत निर्णय सजाय सुनाउनुभन्दा करिब दुईदेखि तीन घण्टाअघि यो सबै भयो,’ उनले भने । तर, उनले शरणका लागि पूर्वप्रथम महिलाले अनुरोध गरेको बारेमा मिडिया मार्फत मात्र थाहा पाएको बताए ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  २ : ४८ बजे

नौ अंकले घट्यो शेयर बजार 

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक नौ दशमलव ४३ अंकले

पर्यटकको आकर्षण बन्दै विश्व शान्ति स्तूप (तस्बिरहरू)

काठमाडौं– विश्व शान्ति स्तूप पोखरा उपत्यकाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय

ट्रम्पको विमान एयरफोर्स-१ मा गडबडी, डाभोस जाने क्रममा उडिसकेपछि फिर्ता

जेनेभा- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विमान दावोस जान लाग्दा टेक

बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील

बैतडी– बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील सूचीमा राखिएका छन् । आगामी

सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन

काठमाडौं– काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुख विष्णु प्रसाद जोशीले