आजको कार्टुन : जति ठेले पनि अघि बढ्नै नसक्ने शक्तिशाली सरकार ! « Khabarhub

आजको कार्टुन : जति ठेले पनि अघि बढ्नै नसक्ने शक्तिशाली सरकार !


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेस र नेकपा एमाले मिलेर केपी शर्मा ओलीको नेतृत्वमा बनेको दुईतिहाइ बहुमत नजिकको सरकारले कार्यशैलीलाई लिएर अहिले चौतर्फी प्रश्न उठिरहेको छ ।

सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री ओलीकै कार्यक्षमतामा पनि सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेकै सांसद र नेताले पनि प्रश्न गरिरहेका छन् ।

तर, प्रधानमन्त्री ओली भने विरोधीहरू कराउँदैमा केही नहुने भनेर सार्वजनिक भाषण दिइरहन्छन् । दुई दल सम्मिलित उच्चस्तरीय संयन्त्रमा बसेर पनि कांग्रेस महामन्त्री गगन थापाले सरकारको गति ट्र्याक्टरभन्दा पनि सुस्त भएको भन्दै नैराश्यता प्रकट गरिसकेका छन्।

सर्वसाधारणमा पनि सरकारले भ्रष्टाचार घटाउन नसकेको, रोजगारी बढाउन नसकेको र बजेटसमेत खर्च गर्न नसकेको कुराले आक्रोश बढाइरहेको छ ।

यस्तोमा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त यो सरकारले २०८२ नकाट्ने बताइरहेका छन् ।

उता प्रधानमन्त्रीको पालो कुरेर बसिरहेका कांग्रेस सभापति शेरबहादुर देउवाले पनि सरकारले नियुक्तिदेखि अन्य काममा समन्वय नगरेको भन्दै रोष प्रकट गरिरहेका छन् । यही सन्दर्भलाई लिएर आजको कार्टुनमार्फत् प्रधानमन्त्री ओली नेतृत्वको शक्तिशाली सरकारको निरीह गतिविधिमाथि व्यंग्य गर्न खोजिएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ५ : १२ बजे

स्पेनमा नोभेम्बर २९ मा आमनिर्वाचन, प्रधानमन्त्री सान्चेजद्वारा संसद् विघटनको घोषणा

म्याड्रिड- स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आगामी नोभेम्बर २९ मा आमनिर्वाचन हुने

भारतीय प्रधानमन्त्री मोदीको सार्वजनिक जीवनमा २५ वर्ष पूरा, भाजपाले साताव्यापी कार्यक्रम गर्ने

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक जीवनमा २५ वर्ष पूरा गरेको

मलेसिया रोजगारीमा सीमित संस्थाको एकाधिकार रोक्न व्यवसायी सङ्घको माग

काठमाडौँ– नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियामा नेपाली श्रमिक पठाउने

मानव-हात्ती सहअस्तित्वका लागि एनटीएनसी र एसईएफबीच सम्झौता

काठमाडौँ – मानव-हात्ती द्वन्द्वको दीर्घकालीन समाधान र सहअस्तित्व कायम गर्न

कानुनमन्त्रीको स्पष्टीकरण : फौजदारी मुद्दामा कुनैपनि मिलापत्र हुँदैन

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले फौजदारी मुद्दाहरूमा