आन्दोलनको १७औँ दिनमा प्रधानमन्त्रीले वार्तामा बोलाए शिक्षकलाई « Khabarhub

आन्दोलनको १७औँ दिनमा प्रधानमन्त्रीले वार्तामा बोलाए शिक्षकलाई


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलित नेपाल शिक्षक महासंघलाई वार्ताका लागि बोलाएका छन् । 

देशभरका शिक्षकहरू संघीय राजधानी काठमाडौंमा उत्रिएको १७ औँ दिन बितेपछि प्रधानमन्त्री ओलीले वार्ताका लागि महासंघलाई बोलाएका हुन् । 

महासंघका महासचिव तुलबहादुर थापाले शुक्रबार बेलुकी ७ बजे प्रधानमन्त्री ओलीले छलफलका लागि बोलाएको जानकारी दिए । उनले महासंघका प्रतिनिधिहरू छलफलका लागि जाने तयारीमा रहेका जानकारी दिएका छन् ।

‘आज बेलुका ७ बजे सम्माननीय प्रधानमन्त्रीज्यूले आह्वान गर्नुभएको छ । भेट्नका लागि महासंघको टोली जान्छ,’ महासचिव थापाले भने, ‘अहिलेसम्म तयार गरेका कुरा उहाँसमक्ष राख्छौँ ।’ 

उनले शिक्षा ऐन जारी नहुँदासम्म शिक्षकहरूको आन्दोलन जारी रहने पनि बताएका छन् । ‘यो आन्दोलन शिक्षा ऐन जारी नहुन्जेलसम्म चलाइरहन्छौँ,’ महासचिव थापाले भने । 

शिक्षक महासंघको नेतृत्वमा गत चैत २० गतेबाट देशभरका शिक्षकहरू काठमाडौं उत्रिएर आन्दोलित छन् । उनीहरूले माइतीघर–नयाँ बानेश्वर सडकखण्डमा दिनुहँ प्रदर्शन गर्दा काठमाडौंको सवारी व्यवस्थापन अस्तव्यस्त हुने गरेको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ६ : ०९ बजे

निर्वासनपछि मचाडोको स्वदेश फिर्ती

काराकस– भेनेजुएलाकी विपक्षी नेतृ तथा नोबेल शान्ति पुरस्कार विजेता मारिया

दसैँ बिदा सकिएसँगै सरकारी कार्यालय खुले, काठमाडौंमा चहलपहल बढ्यो

काठमाडौं– नेपालीहरूको सबैभन्दा ठूलो चाड बडादसैँ सकिएसँगै सरकारी कार्यालयहरू सोमबारबाट

क्रिकेटको जोश, संगीतको ऊर्जा : एक्स्ट्रीम एन्थम सार्वजनिक !

काठमाडौं– क्रिकेटको रोमाञ्चमा संगीतको नयाँ ऊर्जा थप्दै एक्स्ट्रीम इनर्जी ड्रिङ्कले

कांग्रेसको छवि सुधार्न प्रयत्नशील छौँ : महामन्त्री पौडेल

दमौली- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको छवि सुधार्न आफूहरू प्रयत्नशील

कांग्रेस नवनिर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यकोशपथ बिहीबार

ललितपुर– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यको शपथ