नेप्से समीक्षा : नयाँ वर्षको पहिलो सातामा ६० अङ्कले बढ्यो बजार | Khabarhub Khabarhub

नेप्से समीक्षा : नयाँ वर्षको पहिलो सातामा ६० अङ्कले बढ्यो बजार


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नयाँ वर्ष लागेसँगै शेयर बजारको रौनक फर्किएको छ ।

२०८१ सालमा कारोबारको नयाँ रेकर्ड बनाएको शेयर बजार नयाँवर्ष २०८२ लागेयता निरन्तर बढिरहेको छ ।
नयाँ वर्ष लागेयता लगातार ३ दिन नै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बढिरहेको छ ।

अघिल्लो वर्षको अन्तिम दिन अर्थात् २०८१ साल चैत ३१ गते २६६२ बिन्दुमा रहेको नेप्से परिसूचक ६०.६५ अङ्कले बढेर बिहीबार (वैशाख ४ गते) सम्म आइपुग्दा २७२२.७३ बिन्दुमा पुगेको छ ।

यो साता ४ दिन शेयर कारोबार हुँदा नेप्से ५२ अङ्कले मात्र बढेको छ । यो साताको आइतबार गत वर्षको अन्तिम दिन परेको थियो । सो दिन नेप्से ८.६२ अङ्ककले घटेको थियो ।

सातामा ४ दिन कारोबार हुँदा दैनिक औसतमा नेप्से १३ अङ्कले बढेको थियो । यो साता ३२ अर्ब ८८ करोड ७१ लाख ३९ हजार रुपैयाँ बराबरको शेयर कारोबार हुँदा दैनिक औसत ८ अर्ब २२ करोड १७ लाख ८४ हजार रुपैयाँ बराबरको काराबोर भएको थियो ।

सातामा ४ दिन जम्मा ७ करोड ५४ लाख १५ हजार ६३८ कित्ता शेयर कारोबार हुँदा दैनिक औसत १ करोड ८८ लाख ५३ हजार ९०९ कित्ता शेयर कारोबार भएको थियो ।

यो साता २ करोड ७८ लाख ६४० पटक शेयर किनबेच हुँदा दैनिक औसत ६९ हजार ६६० पटक शेयर किनबेच भएको थियो ।यो साता औसत ३२० वटा कम्पनी दैनिक कारोबारमा आएका थिए ।

कुन दिन कस्तो थियो बजार ?

यो साताको आइतबार २०८१ सालको अन्तिम दिन परेको थियो । २०८१ सालको अन्तिम शेयर बजार भने ८.६२ प्रतिशतले घटेर बन्द भएको थियो ।

उक्त दिन नेप्से ०.२३ प्रतिशतले घट्दा परिसूचक २६६२ बिन्दुमा पुगेको थियो । आइतबार बजारमा १० अङ्कको उतारचढाव आउँदा परिसूचक उच्चतम २६७६.७० बिन्दु र न्यूनतम २६५७.३२ बिन्दुमा पुगेको थियो ।

बजार राताम्य हुँदा पनि कारोबारमा भने वृद्धि भएको थियो । आइतबार दिनभर ६ अर्ब २८ करोड २ लाख ९६ हजार रुपैयाँ बराबरको १ करोड ३१ लाख ८९ हजार ३२८ कित्ता शेयर ५४ हजार ३६१ पटक किनबेच भएको थियो । उक्त दिन बजार अवधिभर ३२२ कम्पनी कारोबारमा आएका थिए ।

सोमबार २०८२ साल अर्थात् नयाँ वर्ष भएकाले सार्वजनिक बिदा थियो । उक्त दिन बैङ्क तथा वित्तीय संस्थासहित शेयर बजार पनि बन्द भयो । शेयर बजारले २०८२ साललाई भने खुलेर स्वागत गरेको थियो । २०८२ सालको बजार मङ्गलबार मात्र खुल्दा नेप्सेमा उछाल आएको थियो ।

मङ्गलबार बजार २७.१४ अङ्कले बढेर परिसूचक २६८९.२२ बिन्दुमा पुगेको थियो । उक्त दिन नेप्से १.०१ प्रतिशतले बढ्दा बजारमा ३२ अङ्कको उतारचढाव आएको थियो । मङ्गलबार नेप्से परिसूचक उच्चतम २७०४.५८ बिन्दु र न्यूनतम २६६९.२२ बिन्दुसम्म पुगेको थियो । बजारमा उछालआएसँगै लगानीकर्तामा उत्साह छाएको थियो ।

मङ्गलबार बजारमात्र होइन कारोबारमा पनि बढोत्तरी भएको थियो । उक्त दिन ८ अर्ब ५४ करोड ४३ लाख ५७ हजार रुपैयाँ बराबरको २ करोड १८ लाख ४१ हजार ४७ लाख रुपैयाँ बराबरको ६९ हजार ३६४ पटक शेयर कारोबार भएको थियो ।

मङ्गलबार बजारसहित कारोबार पनि बढ्दा दिनभरमा ३२० वटा कम्पनी कारोबारमा आएका थिए ।

नयाँ वर्षपछि खुलेको दोस्रो शेयर बजारमा बुधबार पनि त्यति नै रौनक थपिएको थियो । उक्त दिनको बजार कारोबारमा थोरै गिरावट आएपनि बजारमा भने हरियाली छाएको थियो ।

बुधबार नेप्से ७ अङ्कले बढेर २६९६.२३ बिन्दुमा पुगेको थियो । उक्त दिन नेप्से ०.२६ प्रतिशतले बढ्दा बजारमा २० अङ्कको उचारचढाव आएको थियो । बुधबार नेप्से परिसूचक उच्चतम २७०४.९७ बिन्दु र न्यूनतम २६८५.३६ बिन्दुसम्म पुगेको थियो । बुधबारको बजारमा लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा बसेको देख्न सकिन्थ्यो ।

कारोबार रकममा गिरावट आउँदा बजार पनि सामान्य अङ्कले घटेकाले लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा थिए । उक्त दिन ७ अर्ब २६ करोड ५१ लाख २२ हजार रुपैयाँ बराबरको १ करोड ६६ लाख ११ हजार ५३२ कित्ता शेयर ६४ हजार ३६० पटक किनबेच भएको थियो । बुधबार दिनभरमा ३२९ वटा कम्पनी कारोबारमा आएका थिए ।

साताको अन्तिम बजारमा पनि त्यसरी नै उछाल आएर बन्द भएको थियो ।

बिहीबार बजारमा उच्च अङ्कको वृद्धिसहित कारोबार पनि लामो समय पछि १० अर्ब नाघेको थियो ।

बिहीबार नेप्से २६.४९ अङ्कले बढेर परिसूचक २७२२.७३ बिन्दुमा पुग्यो । उक्त दिन नेप्से ०.९८ प्रतिशतले बढ्दा बजारमा ४३ अङ्कको उतारचढाव आएको थियो । बिहीबार नेप्से परिसूचक उच्चतम २७४०.१३ बिन्दु र न्यूनतम २६९७.६३ बिन्दुसम्म पुगेको थियो ।

बजारमा २७ बढी कारोबारपछि १० अर्ब बढीको कारोबार भएको थियो । बिहीबार १० अर्ब ७९ करोड ७३ लाख ६३ हजार रुपैयाँ बराबरको २ करोड ३७ लाख ७३ हजार ७३१ कित्ता शेयर ९० हजार ५५५ पटक किनबेच भएको थियो ।
बिहीबार बजारमा रौनक थपिँदा दिनभरमा ३११ वटा कम्पनी कारोबारमा आएका थिए ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ६ : ३० बजे

राप्रपाले भन्यो– अध्यक्ष र नेताहरूलाई अविलम्ब रिहा गरियोस्

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन

पुटिनको इस्टर युद्धविरामका बाबजुद रुसी आक्रमण रोकिएन : जेलेन्स्की

क्रामाटोर्स्क– युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले आइतबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले

सिक्वेलले अभिनयमा फर्कायो कामेश्वरलाई, ‘अभिमन्यु’मा लिड हिरो

काठमाडौं – ७० को दशकमा कामेश्वर चौरसिया सहायक भूमिकाका लागि

जुम्ला पुगेर खानेपानी मन्त्रीले भने- खानेपानीसहित विविध समस्या समाधान गर्छु

जुम्ला– खानेपानीमन्त्री प्रदीप यादवले जिल्लामा निर्माणधीन खानेपानी आयोजनाको अनुगमन गरेका

अस्ट्रेलियाको तटमा ठूलो छाल : डुबेर ६ जनाको मृत्यु

सिड्नी– आइतबार सिड्नी नजिकै चट्टानबाट खसेपछि एक मछुवाको मृत्यु भएको