न्युयोर्कमा मिथिला ‘हेरिटेज कार्यशाला’ आयोजना « Khabarhub

न्युयोर्कमा मिथिला ‘हेरिटेज कार्यशाला’ आयोजना


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क– न्युयोर्क सिटी मेयरद्वारा घोषणा गरिएको मिथिला संस्कृति तथा फेस्टिभल दिवसका अवसरमा ‘आर्ट फर एसडिजिजः मिथिला हेरिटेज कार्यशाला, प्रदर्शनी र पुरस्कार २०२५’ कार्यक्रम आयोजना गरिएको छ ।  

मिथिला सेन्टर युएसएले अपन फाउन्डेसनको सहकार्यमा न्युयोर्क तिब्बती सेवा केन्द्रमा कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा विभिन्न समुदायका ४० भन्दाबढी बालबालिकाको सहभागिता थियो ।

बालबालिकाले संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्य १५ मा आधारित रहेर ‘जीवन र प्रकृति’ विषयमा आयोजित सिर्जनात्मक कला कार्यशालामा उत्साहपूर्वक भाग लिएका थिए ।

मिथिला कलाकार एससी सुमनले बालबालिकालाई कलामार्फत वातावरणीय सन्देशहरू व्यक्त गर्न सहजीकरण गरेका थिए । 

कार्यक्रममा सहभागी सबै बालबालिकालाई न्युयोर्क राज्यसभा सदस्य स्टीवन रागाकोतर्फबाट प्रमाणपत्रसमेत प्रदान गरिएको आयोजकले जनाएको छ । 

यस्तै, लोककलामार्फत मिथिला सम्पदाको प्रवर्द्धन गरेको भन्दै कलाकार सुमनलाई र मिथिला सम्पदाको सौन्दर्यलाई जीवन्त तस्बिरमा उतार्ने फोटोग्राफर राज काफ्लेलाई पनि विशेष सम्मान गरिएको थियो । 

सहभागी बालबालिकाले कोरेका तीन कलाकृतिका लागि रश्मी गिरी, तेञ्जिन ल्हाजे किङ्गा र अष्टिन शाहलाई उत्कृष्ट छनोट गरिएको थियो । तीनै जनालाई ट्रफी, प्रमाणपत्र र उपहार प्रदान गरिएको मिथिला सेन्टर युएसएका संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक अमितप्रताप शाहले जानकारी दिए ।

उनले यस्तो कार्यक्रमले मिथिला सांस्कृतिक सम्पदाको संरक्षणका साथै नयाँ पुस्तालाई विश्वव्यापी विकास लक्ष्यहरूमा संलग्न गराई महत्त्वपूर्ण सन्देश प्रवाह भएको बताए । 

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ६ : १६ बजे

यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु

दाङ – लमहीमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु भएको

एन्फाका अध्यक्ष नेम्वाङ र महासचिव राईविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ

बाँकेमा देखिन थाल्यो डेंगु

नेपालगञ्ज- जिल्लामा डेंगुको संक्रमण देखिन थालेको छ। स्वास्थ्य कार्यालय बाँकेले

बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो

बाँके – जिल्लामा डेङ्गुको सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य

कानुनविपरित भीभीआईपी र भीआईपीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता गर्न निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले कार्यविधिविपरित अति विशिष्ट (भीभीआईपी) र विशिष्ट