शिक्षक आन्दोलन : १७ दिनदेखि मुख्य सडक ठप्प, भित्री बाटो र करिडोरमा चर्को जाम « Khabarhub

शिक्षक आन्दोलन : १७ दिनदेखि मुख्य सडक ठप्प, भित्री बाटो र करिडोरमा चर्को जाम


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको माइतीघर-बानेश्वर ६ लेनको मुख्य सडकखण्डमा शिक्षकहरूले थालेको आन्दोलन १७ पुगिसकेको छ । 

उनीहरूको आन्दोलनका कारण राजधानीको ट्राफिक व्यवस्थापन निरन्तर अस्तव्यस्त भइरहेको छ। आन्दोलनका क्रममा मुख्य सडक पूरै छेकिँदा सवारीसाधनहरू वैकल्पिक बाटोतर्फ मोडिन बाध्य छन् ।त्यसका कारण काठमाडौंका भित्री र करिडोर सडकमा चर्को जाम हुने गरेको छ । 

विकल्पका रुपमा सहरका भित्री सडकमा छिर्दा दैनिक २ घण्टासम्म जाममा फस्नुपरेको सर्वसाधारणहरू गुनासो गर्छन् । झन्डै तीन सातादेखिको जामबाट  आजित सर्वसाधारणहरू सरकार शिक्षक दुवैसँग रुष्ट देखिन्छन् । जामाका कारण अत्यावश्यकीय सेवाहरू एम्बुलेन्स, दमकल र सार्वजनिक यातायातसमेत रोकिनु परेको छ । 

काठमाडौंका स्थानीयबासी, विद्यार्थी, कर्मचारीसहित दैनिक हिँडिरहनुपर्नेले चर्को सास्ती भोग्नुपरेको गुनासो गर्दै आएका छन् । 

जाममा फसेका दीपक नेपालले भने, ‘आन्दोलन गर्नु सबैको अधिकार हो, तर सर्वसाधारणलाई यसरी हैरानी दिनु कहाँको न्याय हो ? सडकमा ६ मध्ये २ लेन खाली गर्दिए हुँदैन ? यस्तै हो भने भने सबै शिक्षकलाई बर्खास्त गरेर अस्थायी नियुक्त गरे हुन्छ ।’

जाममै भेटिएका भोजपुरका डम्बरबहादुर कार्की पनि शिक्षक आन्दोलनले आफ्नो व्यापारमै असर परेको गुनासो गर्छन् । सामान्य अवस्थामा ५ देखि १० मिनेटमा पार गरिने दूरीमा आन्दोलनकै कारण २ घण्टा अड्किनुपरेको उनले बताए । 

खबरहबसँग कुरा गर्दै उनले भने ‘यसरी दिनहुँ जाम हुँदा व्यापारमा पनि असर परेको छ । एक दिन होइन, दुई दिन होइन, तीन साता हुन लाग्यो । कतिसम्म र कहिलेसम्म सहने ?’

शुक्रबार आधा घण्टादेखि जाममा फसेकी प्रभा श्रेष्ठको गुनासो पनि त्यस्तै छ । भनिन्, ‘यो जाममा अड्किने समयमा आफ्नो काम सकेर घर फर्किने बेला हुन्थ्यो । समस्या नै समस्या छ । चर्को घाममा सडकमै टटिएर बस्नुपरेको छ ।’

जोरपाटीबाट बल्खु हिँडेका शिवबाम चौधरी पनि बुद्धनगरको गल्लीमा फसेको अवस्थामा भेटिए । सरकारले शिक्षकको माग सुनिदिए सर्वसाधारणले सास्ती भोगिरहनुनपर्ने उनको तर्क छ । 

नयाँ शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित शिक्षकहरू निरन्तर सडकमा छन् । जसकारण विद्यालयको पठनपाठन रोकिएको  । कक्षा ११ र १२ को परीक्षासमेत प्रभावित हुँदैछ । उनीहरूको मागबारे  सरकारले पनि गम्भीर भएर सुनेको छैन । वार्ता नहुँदा सहमतिको बिन्दु पनि भेटिएको छैन । बरू शिक्षकहरू आन्दोलन लम्ब्याउन पालो गर्दै काठमाडौं आउने जाने गरिरहेका छन् । 

सरकारले आन्दोलनरत शिक्षकलाई विद्यालय फर्किन भने पनि उनीहरू भरोसा गर्न तयार छैनन् । आगामी वैशाखन १२ गते बस्ने संसद्को वर्षे अधिवेशनमा विधेयक पेश हुने ग्यारेन्टी नभएपछि शिक्षकहरू सडक छाड्न तयार नभएका हुन् ।

भिडियोमा पनि हेर्नुहोस् :

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ६ : ३२ बजे

नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ

काठमाडौं– नेकपा बहुमतका महासचिव धर्मेन्द्र बाँस्तोलालाई प्रहरीले पक्राउ गरेको छ।

हारजितको अनुमान र मत सर्वेक्षणप्रति निर्वाचन आयोगको ध्यानाकर्षण

काठमाडौं– निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले हारजितको अनुमान

रूस‑यूक्रेन युद्ध : जेनेभामा शान्ति वार्ता सुरु, गतिरोध कायमै

एजेन्सी– रूस र यूक्रेनबीचको युद्ध नजिकिँदै चार वर्षपछि फेरि अमेरिकाको

प्रसाईँलाई रिहा गर्न राप्रपाले गरायो सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक