कैलालीको जानकीलाई थारू संस्कृतिको ललितकला हब बनाउने योजना « Khabarhub

कैलालीको जानकीलाई थारू संस्कृतिको ललितकला हब बनाउने योजना


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कैलालीको जानकी गाउँपालिकालाई थारु सांस्कृतिक सम्पदाको संरक्षण लागि ललितकलाको हब बनाइने भएको छ ।

पालिका अध्यक्ष गणेश चौधरीले कला सांस्कृति हब बनाउन थालिएको बताए ।

‘थारु संस्कृति लोप हुने अवस्थामा पुगेकोले प्रदेश सरकार र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानसँग मिलेर कला सांस्कृतिक हब बनाउन खोजेको हौँ’, चौधरीले भने ।

कला संस्कृतिको हबको सोचलाई सहयोग पुर्‍याउन पालिकाले विभिन्न ललितकला मेलामा प्रतिनिधित्व गराइरहेको छ ।

यसक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले वैशाख २ गतेदेखि ६ गतेसम्म काठमाडौंमा गरिरहेको ललित कला मेलामा मूर्तिकार तथा चित्रकार मिठ्ठु थारुलाई पठाएको छ । मेलामा मिठ्ठुले थारु संस्कृतिका मूर्ति र चित्रकला प्रदर्शन गरिरहेका छन् ।

जानकी गाउँपालिका–३ भगतपुरका मिठ्ठु थारु आफ्नो कला, संस्कृति चिनाउन हिँड्न थालेको छ वर्ष भएको छ । यस्ता अभियन्तालाई पे्ररित गर्न मेलामा पठाएको अध्यक्ष चौधरीले बताए ।

‘हामीले जानकीलाई ललितकलाको हव बनाउनकै लागि मिठ्ठु जस्ता नयाँ र पुराना पुस्तालाई ललितकला जोडिरहेका छौँ’, उनले भने ।

उता मिठ्ठु पनि थारु समुदायको कला, संस्कृति, परम्पराबारे धेरै नेपालीलाई जानकारी नभएको बताउँछन् । यहीकारण आफ्ना पुर्खाको कला, संस्कृति, पहिचान बुझाउन सक्रिय भएको उनले बताए ।

ललितकला क्याम्पसबाट स्नातक मिठ्ठु थारु समुदायको संस्कृति देखाउने मूर्ति र चित्र बनाउन सिपालु छन् ।

३६ वर्षीय उनले आफ्नो संस्कृतिलाई पहिचान दिलाएर त्यसैबाट आफ्नो जीविका पनि चलाइरहेका छन् ।

ललित कला मेलामा मिठ्ठुका मूर्ति र चित्रकला प्रदर्शनमा आएकाले रुचिसाथ हेरिरहेका छन् । थारु संस्कृति झल्काउने मूर्ति र चित्र राम्रो लागेको नक्सालका केदार कार्कीले बताए ।

तर मिठ्ठुको भने आफ्नै गुनासो । मूर्ति र चित्रकलाका पारखीले रुचिसाथ आफ्नोकला हेरे पनि धेरैले मिथिला संस्कृति हो भनेर सोध्ने गरेका उनले बताए । त्यहीकारण आफ्नै कला, संस्कृति चिनाउन लागिरहने अठोट उनले गरेका छन् ।

ललित कला मेलामा थारु परम्परा तथा लोक संस्कृति र आधुनिकसहित २६ वटा मूर्ति र चित्र राखिएको छ ।

मिठ्ठु धेरै समय दाङको थारु संस्कृति संग्रहालयका लागि काम गर्छन् । अर्कातिर जानकीस्थित घरमै बसेर कला, संस्कृतिका पारखीको माग अनुसार मूर्ति र चित्रसमेत बनाउँछन् ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ७ : १४ बजे

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौं – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका

इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर बिहीबार नेपाल आउँदै

काठमाडौँ– संयुक्त राज्य अमेरिकाको इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर एड्मिरल सामुयल पापारो

कर्णालीको स्वास्थ्य सेवा विस्तारका लागि बजेट अभाव हुँदैन : स्वास्थ्यमन्त्री गौतम

जुम्ला- नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले कर्णालीको

गरिखानेहरुको प्रदेश बनाउन शिक्षा प्रणालीमा सुधार गर्छौं : मुख्यमन्त्री बानियाँ

बागमती – बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशलाई गरिखानेहरुको

पूर्वमुख्यमन्त्री शर्मा नेकपाबाट निष्कासित

काठमाडौँ- कर्णालीका पूर्वमुख्यमन्त्री  राजकुमार शर्मा पार्टीबाट निष्काशित भएका छन् ।