कैलालीको जानकीलाई थारू संस्कृतिको ललितकला हब बनाउने योजना « Khabarhub

कैलालीको जानकीलाई थारू संस्कृतिको ललितकला हब बनाउने योजना


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कैलालीको जानकी गाउँपालिकालाई थारु सांस्कृतिक सम्पदाको संरक्षण लागि ललितकलाको हब बनाइने भएको छ ।

पालिका अध्यक्ष गणेश चौधरीले कला सांस्कृति हब बनाउन थालिएको बताए ।

‘थारु संस्कृति लोप हुने अवस्थामा पुगेकोले प्रदेश सरकार र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानसँग मिलेर कला सांस्कृतिक हब बनाउन खोजेको हौँ’, चौधरीले भने ।

कला संस्कृतिको हबको सोचलाई सहयोग पुर्‍याउन पालिकाले विभिन्न ललितकला मेलामा प्रतिनिधित्व गराइरहेको छ ।

यसक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले वैशाख २ गतेदेखि ६ गतेसम्म काठमाडौंमा गरिरहेको ललित कला मेलामा मूर्तिकार तथा चित्रकार मिठ्ठु थारुलाई पठाएको छ । मेलामा मिठ्ठुले थारु संस्कृतिका मूर्ति र चित्रकला प्रदर्शन गरिरहेका छन् ।

जानकी गाउँपालिका–३ भगतपुरका मिठ्ठु थारु आफ्नो कला, संस्कृति चिनाउन हिँड्न थालेको छ वर्ष भएको छ । यस्ता अभियन्तालाई पे्ररित गर्न मेलामा पठाएको अध्यक्ष चौधरीले बताए ।

‘हामीले जानकीलाई ललितकलाको हव बनाउनकै लागि मिठ्ठु जस्ता नयाँ र पुराना पुस्तालाई ललितकला जोडिरहेका छौँ’, उनले भने ।

उता मिठ्ठु पनि थारु समुदायको कला, संस्कृति, परम्पराबारे धेरै नेपालीलाई जानकारी नभएको बताउँछन् । यहीकारण आफ्ना पुर्खाको कला, संस्कृति, पहिचान बुझाउन सक्रिय भएको उनले बताए ।

ललितकला क्याम्पसबाट स्नातक मिठ्ठु थारु समुदायको संस्कृति देखाउने मूर्ति र चित्र बनाउन सिपालु छन् ।

३६ वर्षीय उनले आफ्नो संस्कृतिलाई पहिचान दिलाएर त्यसैबाट आफ्नो जीविका पनि चलाइरहेका छन् ।

ललित कला मेलामा मिठ्ठुका मूर्ति र चित्रकला प्रदर्शनमा आएकाले रुचिसाथ हेरिरहेका छन् । थारु संस्कृति झल्काउने मूर्ति र चित्र राम्रो लागेको नक्सालका केदार कार्कीले बताए ।

तर मिठ्ठुको भने आफ्नै गुनासो । मूर्ति र चित्रकलाका पारखीले रुचिसाथ आफ्नोकला हेरे पनि धेरैले मिथिला संस्कृति हो भनेर सोध्ने गरेका उनले बताए । त्यहीकारण आफ्नै कला, संस्कृति चिनाउन लागिरहने अठोट उनले गरेका छन् ।

ललित कला मेलामा थारु परम्परा तथा लोक संस्कृति र आधुनिकसहित २६ वटा मूर्ति र चित्र राखिएको छ ।

मिठ्ठु धेरै समय दाङको थारु संस्कृति संग्रहालयका लागि काम गर्छन् । अर्कातिर जानकीस्थित घरमै बसेर कला, संस्कृतिका पारखीको माग अनुसार मूर्ति र चित्रसमेत बनाउँछन् ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ७ : १४ बजे

कृषि प्रधान देशमा अर्बौँका कृषि उपज आयात

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको प्रथम चार महिनामा

बेनी–जोमसोम–कोरला सडक : म्याग्दी खण्ड स्तरोन्नति

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दी खण्डमा १९ वर्षपछि कालोपत्र भएको छ

निर्वाचन हुँदैन भन्ने भ्रम नछर्न गृहमन्त्रीको आग्रह

धनगढी – गृहमन्त्री ओमप्रकाश अर्यालले केही थान हतियार र फरार कैदीबन्दी

महेश बस्नेतप्रति शिक्षामन्त्रीको टिप्पणी- ‘यो भाइ आफूले नेपाललाई स्वर्ग बनाएजस्तो कुरा गर्छ’

काठमाडौं – महेश बस्नेतले ऊर्जामन्त्री कुलमान घिसिङ र अर्थमन्त्री रामेश्वर

सडक खाल्डाखुल्डीरहित बनाउन विशेष अभियान (तस्बिरहरू)

काठमाडौं– सडक डिभिजन कार्यालय काठमाडौंले सहरी क्षेत्रका सडक खाल्डाखुल्डीरहित (पोटहोल