काठमाडौंमा राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिप सुरू « Khabarhub

काठमाडौंमा राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिप सुरू


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघको आयोजनामा आठौँ राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता शुक्रबार सुरु भएको छ ।

प्रतियोगितामा २ सय ५० पुरुष तथा १ सय ५० महिला खेलाडी सहभागी छन् । यस्तै ७ प्रादेशिक टोली प्रतियोगितामा सहभागिता छन् ।

प्रतियोगिता अन्तर्गत पहिलो दिन छनोट चरणको खेल भए । दोस्रो दिन अन्तिम चरणका प्रतियोगिता हुने छन् ।

आयोजक संघका अध्यक्ष अच्युत खनालका अनुसार यो प्रतियोगिता सन् २०२५ मा दक्षिण कोरियाको इन्चोनमा हुने एसियाली च्याम्पियनसिपको छनोटका रुपमासमेत रहेको छ ।

जारी प्रतियोगितामा फ्रीस्टाइल विधाअन्तर्गत वेस्ट ट्रिक र वेस्ट रन स्पर्धाका खेल भएका छन् । शीर्ष ३ स्थानमा रहने खेलाडीले क्रमशः २५ हजार, २० हजार र १५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । दुई दिने प्रतियोगिताका खेलहरू टोखास्थित स्केटर्स नेपाल स्केटपार्कमा जारी छन् ।

कार्यक्रमको औपाचारिक उद्घाटन शनिबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले गर्ने छन् ।

प्रतियोगिताका विजेतालाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको प्रमुख आतिथ्यतामा पुरस्कार दिने कार्यक्रम छ ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ७ : २० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै