अफगानिस्तानमा विस्फोट : तीन बालबालिकाको मृत्यु, तीन घाइते « Khabarhub

अफगानिस्तानमा विस्फोट : तीन बालबालिकाको मृत्यु, तीन घाइते


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काबुल – अफगानिस्तानको बडाख्शान प्रान्तको जेबाक जिल्लामा शुक्रबार बिहान बारुद विस्फोट हुँदा तीनजना बालबालिकाको ज्यान गएको छ र तीनजना घाइते भएका छन् ।

प्रहरीका अनुसार यो बारुद पुराना युद्धको समयमा बाँकी रहेको थियो । घटनामा ९ देखि १४ वर्ष उमेरका बालबालिका परेका थिए । घाइते तीनै बालबालिकाको अवस्था गम्भीर रहेको बताइएको छ ।

बडाख्शान प्रान्तीय प्रहरी प्रवक्ता एहसानुल्लाह कामगारका अनुसार यो घटना स्थानीय समय अनुसार बिहान ११ बजे जेबाक जिल्लामा भएको हो ।

प्रवक्ताले थप विवरण नदिए पनि घटनासम्बन्धी अनुसन्धान सुरु गरिएको बताए । विगतका युद्धका कारण बारुदजन्य वस्तुहरू धेरै बाँकी रहेको देश हो ।

यस्ता विस्फोटका कारण हरेक महिना धेरै मानिस, विशेष गरी बालबालिका, ज्यान गुमाउने वा घाइते हुने गर्छन् ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ८ : २३ बजे

ओलीपछि पूर्वगृहमन्त्री लेखक पनि हिरासतबाट रिहा

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीपछि पूर्वगृहमन्त्री

अमेरिका-इरान वार्ताअघि इस्लामाबादमा दुई दिन सार्वजनिक बिदा

इस्लामावाद- पाकिस्तानले अमेरिका र इरानबीच हुने महत्वपूर्ण वार्ताअघि इस्लामाबादमा दुई

नयाँ शैक्षिक सत्र अगावै कर्णालीमा पुग्यो पाठ्यपुस्तक

राँझा– जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगञ्जले नयाँ

लेबनानमा इजरायलले मच्चायो नरसंहार, एकै दिनको आक्रमणबाट २५४ जनाको ज्यान गयो

बेरूत- लेबनानमा इजरायलले गाजाकै शैलीमा नरसंहार मच्चाएको छ। इजरायलको आक्रमणमा

चार किमी सडक कालोपत्र गर्न पाँच वर्ष

गलकोट– लामो समयदेखि जीर्ण बनेको काठेखोला गाउँपालिकाको केन्द्रदेखि रेश जाने सडक