आइतबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

आइतबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?


४ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३६ रुपियाँ ५२ पैसा र बिक्रीदर १३७ रुपियाँ १२ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिददर १५२ रुपियाँ ९२ पैसा र बिक्रीदर १५३ रुपियाँ ५९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८१ रुपियाँ ५० पैसा र बिक्रीदर १८२ रुपियाँ ३० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६३ रुपियाँ ११ पैसा र बिक्रीदर १६३ रुपियाँ ८२ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपियाँ ६० पैसा र बिक्रीदर ८७ रुपियाँ ९९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपियाँ ७७ पैसा र बिक्रीदर ९८ रुपियाँ २० पैसा तथा सिङ्गापुर डलर एकको खरिददर १०५ रुपियाँ १२ पैसा र बिक्रीदर १०५ रुपियाँ ५९ पैसा निर्धारण गरिएको छ। 

जापानी येन १० को खरिददर नौ रुपियाँ ३८ पैसा र बिक्रीदर नौ रुपियाँ ४२ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ९५ पैसा र बिक्रीदर १९ रुपियाँ ०३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ४० पैसा र बिक्रीदर ३६ रुपियाँ ५६ पैसा तथा कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ४६ पैसा र बिक्रीदर ३७ रुपियाँ ६२ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिदर चार रुपियाँ १० पैसा र बिक्रीदर चार रुपियाँ १२ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ १७ पैसा र बिक्रीदर ३७ रुपियाँ ३३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ ७८ पैसा र बिक्रीदर ३१ रुपियाँ ९२ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ७८ पैसा र बिक्रीदर नौ रुपियाँ ८२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपियाँ ९९ पैसा र बिक्रीदर १४ रुपियाँ ०५ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २० रुपियाँ ५० पैसा र बिक्रीदर २० रुपियाँ ५९ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ४७ पैसा र बिक्रीदर १७ रुपियाँ ५५ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रुपियाँ १७ पैसा र बिक्रीदर ४४६ रुपियाँ १२ पैसा, बहराइन दिनार एकको खरिदर ३६२ रुपियाँ १५ पैसा र बिक्रीदर ३६३ रुपियाँ ७४ पैसा तथा ओमानी रियाल एकको खरिददर ३५४ रुयैयाँ ६२ पैसा र विक्रीदर ३५६ रुपियाँ १८ पैसा रहेको छ। 

भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ। राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित मिति : ४ जेठ २०८२, आइतबार  ५ : ३२ बजे

सुर्खेतमा ग्यास अभाव छैन : आयल निगम

कर्णाली– नेपाल आयल निगम सुर्खेतले वीरेन्द्रनगरमा एलपी ग्यासको अभाव नभएको

ट्राफिक नियम उल्लङ्घन भएको स्वीकार गर्दै बब्लु गुप्ताले मागे माफी 

काठमाडौं– सामाजिक सञ्जालमा मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाउँदै गरेको आफ्नो

खैरो हेरोइनसहित चारजना पक्राउ

भद्रपुर– शिशुको डाइपरभित्र लुकाएर ल्याइएको खैरो हेरोइनसहित चारजना पक्राउ परेका

झापामा सात लाख ६१ हजार मेट्रिक टन खाद्यान्न उत्पादन

झापा– जिल्लाभर गत आर्थिक वर्ष  २०८२-८३ मा सात लाख ६१

अतिक्रमित जग्गा खोज्दै गुठी संस्थान

जनकपुरधाम– गुठी र गुठी संस्थानका अतिक्रमित जग्गाको खोजी सुरु भएको