कान फोहोर भयो, यी हुन् सफा गर्ने तरिका « Khabarhub

कान फोहोर भयो, यी हुन् सफा गर्ने तरिका


४ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


444
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हामी मध्ये धेरैले बिना सोचेरै कपास बड वा धारिलो वस्तुले कान सफा गर्न थाल्छौँ, जसले प्रतिकूल हानी पुर्‍याउन सक्छ ।

तर, केही सजिलो र प्रभावकारी घरेलु उपचारले कानको फोहोर सजिलै हटाउन सकिन्छ र त्यो पनि सुरक्षित तरिकाले, त्यसैले आउनुहोस् कान सफा गर्ने केही घरेलु उपायहरू बारे जानौँ, जुन पूर्ण रूपमा सुरक्षित मानिएका छन्।

मनतातो नरिवलको तेलः नरिवलको तेललाई अलिकति तातो बनाउनुहोस् । ड्रपरको सहायताले २–३ थोपा कानमा हाल्नुहोस् र टाउकोलाई ५ मिनेटसम्म एकतर्फ झुकाएर राख्नु होस्।  यसपछि यसलाई कपासले सफा गर्नुहोस्। यो तेलले कानमा जम्मा भएको इयरवाक्सलाई नरम बनाउँछ, जसले गर्दा सजिलै बाहिर निस्कन्छ।

जैतुनको तेलः राति सुत्नुअघि २ थोपा जैतुनको तेल कानमा हाल्नुहोस् । यसपछि यसलाई कपासले सफा गर्नुहोस् । यसले इन्फेक्सनबाट पनि जोगाउँछ र कानको छालालाई मोइश्चराइजसमेत गर्दछ ।

हाइड्रोजन पेरोक्साइड र पानीको मिश्रणः हाइड्रोजन पेरोक्साइड र पानी बराबर मात्रामा मिलाएर ड्रपरको साथ कानमा हाल्नुहोस्। २–३ मिनेट पछि आफ्नो टाउको झुकाउनु होस् र यसलाई सफा गर्नुहोस्। हप्तामा एक पटक भन्दा बढी प्रयोग नगर्नुहोस्।

नुन र मनतातो पानीः तातो पानीमा एक चम्चा नुन घोल्नु होस्। कपासको बलले कानमा केही थोपा हाल्नुहोस् र केही समयपछि सफा गर्नुहोस्। यो सस्तो र सरल समाधानले कानको कोमल सफाइमा मद्दत गर्दछ।

बाफ लिनेः तातो पानीको बाफ लिनुहोस् वा तौलियाले आफ्नो टाउको छोप्नुहोस् ।  यसले गर्दा कानको फोहोर खुकुलो भएर आफै बाहिर निस्कन्छ । यो विधि पूर्णतया प्राकृतिक छ र कानलाई आरामसमेत दिन्छ। हाइड्रोजन पेरोक्साइड र पानी बराबर मात्रामा मिलाएर ड्रपरको साथ कानमा हाल्नुहोस्। २–३ मिनेट पछि आफ्नो टाउको झुकाउनु होस् र यसलाई सफा गर्नुहोस्। हप्तामा एक पटक भन्दा बढी प्रयोग नगर्नुहोस्।

प्रकाशित मिति : ४ जेठ २०८२, आइतबार  १२ : ५१ बजे

मस्कोको एक होस्टेलमा आगलागी : ४ जनाको मृत्यु, ६ घाइते

एजेन्सी– मस्को क्षेत्रको बलाशिखा शहरमा मंगलबार बिहान एक होस्टेलमा आगलागी

उपेन्द्रको क्षेत्रमा चुनावी अभियान तीव्र, विवेक पुर्‍याएर मत दिन आग्रह

राजविराज– जनता समाजवादी पार्टी नेपालकी नेता एवम् पूर्वमन्त्री रेणु यादवले

निर्वाचन नजिकिँदै गर्दा झापामा उच्च सतर्कता, सुरक्षा व्यवस्था कडा

भद्रपुर– जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख तथा प्रहरी उपरीक्षक वसुन्धरा

गृहमन्त्रीद्वारा काठमाडौंका कारागार निरीक्षण, सुधारका लागि निर्देशन

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले काठमाडौँमा रहेका दुई कारागार कार्यालयहरू केन्द्रीय