गाजामा इजरायली हमला, बालबालिकासहित ३३ जनाको मृत्यु « Khabarhub

गाजामा इजरायली हमला, बालबालिकासहित ३३ जनाको मृत्यु


४ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

गाजा सिटी- इजरायलले विस्तारित सैन्य अभियानको घोषणा गरेको एक दिनपछि गाजाको नागरिक सुरक्षा एजेन्सीले आइतबार इजरायली हवाई आक्रमणमा कम्तीमा ३३ जनाको मृत्यु भएको र तीमध्ये आधाभन्दा बढी बालबालिका रहेको बताएको छ ।

नागरिक सुरक्षा प्रवक्ता महमुद बासलले दक्षिणी गाजा पट्टीको अल–मवासीमा विस्थापित प्यालेस्टिनीहरूलाई शरण दिने पालहरूमा भएको बिहानको आक्रमणमा २२ जनाको मृत्यु भएको र कम्तीमा एक सय जना घाइते भएको बताए ।

उत्तरी गाजाको जबालियाको एउटा घरमा भएको आक्रमणमा सात जनाको मृत्यु भएको उनले जानकारी दिए । सोही क्षेत्रको अल–अवदा अस्पतालमा क्षति भएको बताइएको छ ।

बासलका अनुसार अल–जवायदाको केन्द्रीय क्षेत्र र दक्षिणमा खान युनिसमा पनि मृत्यु भएको रेकर्ड गरिएको छ ।

इजरायली सेनाले शनिबार १९ महिनाभन्दा बढीको युद्धपछि हमास लडाकूहरूलाई परास्त गर्न गाजाभरि आफ्नो अपरेसन तीव्र पारिरहेको घोषणा गरेको छ ।

इजरायली सहायता नाकाबन्दीका कारण प्यालेस्टिनी क्षेत्रमा मानवीय अवस्था बिग्रँदै गएकोमा बढ्दो अन्तर्राष्ट्रिय चिन्ताका बीचमा यो अभियान अघि बढेको हो । –रासस

प्रकाशित मिति : ४ जेठ २०८२, आइतबार  २ : ०२ बजे

डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणको साझेदार बनाउने सरकारको नीति : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणका

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज

परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका

बाढी र पहिरोले मुख्य राजमार्ग अवरुद्ध: कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षा, बाढी र पहिरोका कारण काठमाडौँ उपत्यकासहित

कालीगण्डकीमा आएको बाढीले स्याङ्जाको मिर्मीस्थित पक्की पुल बगायो

स्याङ्जा– कालीगण्डकी नदीमा आएको बाढीले पक्की पुल बगाएको छ ।