जनकपुर भन्सारबाट ३४ करोड २८ लाख रुपैयाँ राजस्व सङ्कलन | Khabarhub Khabarhub

जनकपुर भन्सारबाट ३४ करोड २८ लाख रुपैयाँ राजस्व सङ्कलन


४ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– जनकपुर भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्म ३४ करोड २८ लाख ७८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार चालु आवमा ५७ करोड सात लाख १७ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य राखिएको थियो । 

चालु आवको वार्षिक लक्ष्यको तुलनामा हालसम्म ६० दशमलव सात प्रतिशत मात्र राजस्व सङ्कलन भएको कार्यालयका भन्सार अधिकृत एवं सूचना अधिकारी रविन्सलाल दासले जानकारी दिए । उनका अनुसार गत आवको सोही अवधिको तुलनामा  ५१ करोड ७४ लाख ९१ हजार रुपैयाँ राजस्व सङ्कलन गरिएको थियो ।

चालु आर्थिक वर्षको वैशाखसम्म कार्यालयको मुख्य भन्सार नाका जटहीबाट २८ करोड ६२ लाख ५९ हजार रुपैयाँ, भडरिया छोटी भन्सार नाकाबाट १८ लाख ३६ हजार रुपैयाँ, इनरुवा छोटी भन्सार नाकाबाट २२ लाख ९५ हजार र बाँकी जनकपुर भन्सार कार्यालयबाट राजस्व सङ्कलन भएको दासले जानकारी दिए । 

कार्यालयले चालु आवको चैत मसान्तसम्ममा लिलामीसम्बन्धी परेका मुद्दामध्ये दुई सय ९८ वटाको फैसला गरेको उनले बताए । पाँच सय ६५ लिलामीका मुद्दा परेकामध्ये दुई सय ९८ वटाको छिनोफानो गरी एक करोड ५६ लाख २० हजार रुपैयाँ राजस्व सङ्कलन गरिएको कार्यालयले जनाएको छ ।

लिलामीसम्बन्धी मुद्दाको प्रतिवेदन मूल्य नौ करोड १५ लाख ५६ हजार रुपैयाँ रहेको थियो । सो अवधिमा विभिन्न समयमा चोरी तस्करीका लिलामीसम्बन्धी जनकपुरधाम भन्सार कार्यालयको ११ मुद्दामध्ये नौ वटाको फैसला भएको छ । 

सशस्त्र प्रहरीको चार सय १७ मध्ये दुई सय एक मुद्दाको फैसला भएको छ भने नेपाल प्रहरीको एक सय ३७ लिलामीका मुद्दामध्ये ८८ वटाको छिनोफानो भएको सो कार्यालयबाट प्राप्त विवरणमा जनाइएको छ । 

जटही नाकाबाट अर्धतयारी कपडा, हार्डवेयरसम्बन्धी, टायल्स, कोइला, कृषि उपज, कृषिका लागि विषादी, खाद्यान्न, तरकारी, फलफूल, खेलकुद सामग्री, स्टेसनरी, तथा विभिन्न उद्योगका कञ्चापदार्थ, घरायसीलगायत अन्य दैनिक सामग्री आयात भएको कार्यालयका भन्सार अधिकृत दासले जानकारी दिए  ।
 

प्रकाशित मिति : ४ जेठ २०८२, आइतबार  ३ : २१ बजे

जिपी कोइराला अस्पताललाई तीन सय शय्यामा स्तरोन्नति गरिने

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार

प्रचण्डलाई ‘गाउँले एमफएम दाइ’को काँक्रो उपहार !

सुर्खेत– माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू

सुदूरपश्चिमका नवनियुक्त वनमन्त्री चौधरीले लिए शपथ

धनगढी– सुदूरपश्चिम प्रदेशका नवनियुक्त उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामेश्वर

मुख्यमन्त्रीलाई भेटेर राइडर्सले दिए धन्यवाद

पोखरा– गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली जारी गरेपछि राइडर्स र

दैलेख पुगेर प्रचण्डले भने- हाम्रो ध्यान सरकार ढलाउनेतिर छैन

दैलेख– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल