पत्रमा हस्ताक्षर नहुँदा राेकियाे रवि र छविको मुद्दामा सुनुवाइ, अदालतले माग्यो कारण « Khabarhub

पत्रमा हस्ताक्षर नहुँदा राेकियाे रवि र छविको मुद्दामा सुनुवाइ, अदालतले माग्यो कारण


४ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


852
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरण मुद्दामा रवि लामिछाने र छविलाल जोशीको पेसीमा हस्ताक्षर नभएपछि उच्च अदालत पोखराले आइतबारको सुनुवाइ स्थगित गरेको छ ।

रुपन्देही कारागारमा थुनामा रहेका प्रतिवादी रवि र छविलाई पेसीको जानकारी दिन पठाइएको पत्रमा हस्ताक्षर नभएको उच्च अदालतले उल्लेख गरेको छ ।

उच्च अदालतका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द र न्यायाधीश मिलन राईको संयुक्त इजलाशले पेसीको जानकारी नहुनुको कारणबारे खुलाउन कारागार कार्यालय रुपन्देहीलाई पत्र लेख्न आदेश दिएको छ ।

‘अदालतबाट पेसीको जानकारी गराइएको पत्र बुझ्न इन्कार गरेको कारण सो हस्ताक्षर नभएको हो वा अन्य के व्यहोराबाट हस्ताक्षर नभएको हो ? सोही व्यहोराको प्रतिवेदनसहितको जानकारी गराउनू’ अदालतको आदेशमा भनिएको छ ।

आदेशमा पेसीको जानकारी प्रतिवादीले बुझेको भए भरपाई पठाउन कारागार कार्यालयलाई आदेश गरेको छ । यस्तै हस्ताक्षर प्राप्त भएपछि मिसिलमा सामेल गर्न अदालतले आदेश गरेको छ ।

अदालतले २०८० असोज १८ गते जिल्ला अदालत कास्कीमा दायर भएको सहकारी ठगीसम्बन्धी मुद्दाको अभियोगपत्रसहितको सक्कल मिसिल र २०८१ पुस ५ गते दायर भएको थप अभियोगको अभियोगपत्र सहितको सक्कल मिसिल झिकाउनसमेत आदेश लिएको छ ।

प्रकाशित मिति : ४ जेठ २०८२, आइतबार  ३ : २२ बजे

मस्कोको एक होस्टेलमा आगलागी : ४ जनाको मृत्यु, ६ घाइते

एजेन्सी– मस्को क्षेत्रको बलाशिखा शहरमा मंगलबार बिहान एक होस्टेलमा आगलागी

उपेन्द्रको क्षेत्रमा चुनावी अभियान तीव्र, विवेक पुर्‍याएर मत दिन आग्रह

राजविराज– जनता समाजवादी पार्टी नेपालकी नेता एवम् पूर्वमन्त्री रेणु यादवले

निर्वाचन नजिकिँदै गर्दा झापामा उच्च सतर्कता, सुरक्षा व्यवस्था कडा

भद्रपुर– जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख तथा प्रहरी उपरीक्षक वसुन्धरा

गृहमन्त्रीद्वारा काठमाडौंका कारागार निरीक्षण, सुधारका लागि निर्देशन

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले काठमाडौँमा रहेका दुई कारागार कार्यालयहरू केन्द्रीय