दीपक माविका विद्यार्थी च्याउखेतीमा « Khabarhub

दीपक माविका विद्यार्थी च्याउखेतीमा


४ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– बेनी नगरपालिका-१० पात्लेखेतस्थित दीपक माध्यमिक विद्यालयका विद्यार्थीले च्याउखेती थालेका छन् । कक्षा ९ र १० मा अध्ययन गर्ने २३ जना विद्यार्थीले सामूहिक रूपमा ‘केन्ये’ जातको च्याउखेती गरेका हुन् । 

विद्यार्थीलाई व्यावहारिक ज्ञान, सीप सिकाउने र उद्यमशील बनाउने उद्देश्यले बेनी नगरपालिकाको ‘हामी सक्छौँ, हामी गर्छौँ’ कार्यक्रमको सहयोगमा च्याउखेती गरिएको विद्यालयका प्रधानाध्यापक विष्णु ढुङ्गानाले जानकारी दिए । 

शुक्रबार र शनिबार टुक्रा पारेको २० भारी पराल आज बिहान पकाएर एक सय ५० वटा प्लास्टिकको थैलामा च्याउको बीउसहित विद्यालय परिसरको हाल प्रयोगविहीन रहेको पुरानो वडा कार्यालय भवनमा सेड बनाएर राखेका छन् ।  

उत्पादन भएको च्याउ विद्यालयको दिवा खाजामा प्रयोग गर्ने, बढी भएको स्थानीय र सदरमुकाम बेनी बजारमा बेच्ने विद्यालयको योजना छ । विद्यार्थीलाई बेनी नगरपालिकाका कृषि प्राविधिक दिव्या बरालले च्याउखेती प्रविधिसम्बन्धी सैद्धान्तिक र व्यावहारिक तालिम दिएकी हुन् ।

‘हामी सक्छौँ, हामी गर्छौँ’ कार्यक्रममार्फत दीपक माविका ४६ जना विद्यार्थीलाई आर्थिक वर्ष २०८०/८१ मा भित्तेलेखन र आव २०७९/८० मा वायरिङसम्बन्धी तालिम दिइएको थियो । चालु आर्थिक वर्षमा दीपक माविसहित बेनी नगरपालिकाका १६ वटा सामुदायिक विद्यालयमा उक्त कार्यक्रम सञ्चालन भएको छ । 

विद्यार्थी र शिक्षालाई सीप र श्रमसँग जोड्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको नगरप्रमुख शुरत केसीले बताए । कार्यक्रम सञ्चालनका लागि नगरपालिकाले प्रत्येक विद्यालयलाई एक लाख रुपैयाँ सहयोग गरेको छ । 

दक्ष, सीपयुक्त जनशक्ति उत्पादन गरेर रोजगारी सिर्जना, स्वरोजगार बन्ने वातावरण बनाउन कार्यक्रम सहयोगी बन्ने अपेक्षा गरिएको उनले बताए । रासस
 

प्रकाशित मिति : ४ जेठ २०८२, आइतबार  ३ : ३९ बजे

मस्कोको एक होस्टेलमा आगलागी : ४ जनाको मृत्यु, ६ घाइते

एजेन्सी– मस्को क्षेत्रको बलाशिखा शहरमा मंगलबार बिहान एक होस्टेलमा आगलागी

उपेन्द्रको क्षेत्रमा चुनावी अभियान तीव्र, विवेक पुर्‍याएर मत दिन आग्रह

राजविराज– जनता समाजवादी पार्टी नेपालकी नेता एवम् पूर्वमन्त्री रेणु यादवले

निर्वाचन नजिकिँदै गर्दा झापामा उच्च सतर्कता, सुरक्षा व्यवस्था कडा

भद्रपुर– जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख तथा प्रहरी उपरीक्षक वसुन्धरा

गृहमन्त्रीद्वारा काठमाडौंका कारागार निरीक्षण, सुधारका लागि निर्देशन

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले काठमाडौँमा रहेका दुई कारागार कार्यालयहरू केन्द्रीय