‘स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक’ प्रतिनिधिसभाबाट पारित « Khabarhub

‘स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक’ प्रतिनिधिसभाबाट पारित


४ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  प्रतिनिधिसभाबाट ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१’ पारित भएको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहित राष्ट्रियसभामा उत्पत्ति भएको सो विधेयक प्रतिनिधिसभाको आजको बैठकले सर्वसम्मतिले पारित गरेको हो । 

त्यसअघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विधेयकमाथि छलफलमा उठेका प्रश्नको जवाफ दिँदै शिक्षाको मात्रै नभएर स्वास्थ्यको पनि केन्द्र बनोस् भन्ने उद्देश्यले सहकुलपतिमा शिक्षा र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री राख्ने व्यवस्था गरिएको बताएका थिए । 

छलफलका क्रममा सांसद योगेशकुमार भट्टराईले धेरै पहिलादेखि उठेको विषय भएको सुदूरपश्चिमका जनतालाई न्याय गरेको बताए ।

सांसद डा अमरेशकुमार सिंहले सुदूरपश्चिमका जनतालाई बधाई दिँदै विकासमा विभेद भएको भन्दै मधेस–प्रदेशमा अहिलेसम्म एउटा पनि सरकारी मेडिकल कलेज भएको उल्लेख गरे। 

सांसद प्रेम सुवालले ख्वप विश्वविद्यालय आवश्यकताबारे चर्चा गरे । सांसद दामोदर पौडेल वैरागीले विश्वविद्यालय स्वास्थ्य शिक्षाका क्षेत्रमा सुदूरपश्चिमको क्षेत्र केन्द्रका रूपमा स्थापित हुने विश्वास व्यक्त गरे ।

सांसद किरणकुमार साहले साहस र बलिदानको योगदानस्वरुप सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय खोल्नु गौरवपूर्ण कार्य भएको बताए । 

सांसद डा चन्दा कार्की भण्डारीले सहिदका नाममा खोलिएको विश्वविद्यालयमा राजनीतिक भागबन्डाको विषय हुन नहुने र स्वास्थ्यका क्षेत्रमा सबैले मिलेर राम्रो बनाउनुपर्ने सुझाव दिइन् ।

सांसद देवेन्द्र पौडेलले अब बन्ने विश्वविद्यालयको नेतृत्व प्रतिस्प्रर्धाद्वारा छनोट गर्ने विषयलाई विधेयकमा समावेश गर्नुपर्ने धारणा राखे । 

सांसद दिलेन्द्रप्रसाद बडुले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय नमुना विश्वविद्यालयका रूपमा राज्यले विकास गर्नुपर्नेमा जोड दिए ।

छलफलमा सांसद बिजुला रायमाझी, रामकृष्ण यादव, रामप्रकाश चौधरी, दयालबहादुर शाही, प्रेम आले र विराजभक्त श्रेष्ठले भाग लिएका थिए । 

प्रतिनिधिसभाको अर्को बैठक यही जेठ ५ गते बिहान ११ बजे बस्ने भएको  छ ।  –रासस

प्रकाशित मिति : ४ जेठ २०८२, आइतबार  ३ : ५५ बजे

जसपा नेपाल र स्वाधीन मधेश जनअभियानबीच कार्यगत एकता घोषणा

काठमाडौं– जनता समाजवादी पार्टी, नेपाल र स्वाधीन मधेश जनअभियानबीच कार्यगत

रमेश लेखकलाई बयान दिन कांग्रेस नेताहरूको सुझाव

काठमाडौं – नेपाली कांग्रेसका नेताहरूले पूर्वगृहमन्त्री रमेश लेखकलाई बयान दिन

अवैध लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

मोरङ– विराटनगर महानगरपालिका-१५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ

नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

काठमाडौं– प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका साथ

कांग्रेसले प्रदेश सभाको बन्दसूचीका १९ जनाको नाम हटाउने

काठमाडौं– नेपाली काङ्ग्रेसले २०७९ को निर्वाचनमा विभिन्न प्रदेशसभाको समानुपातिक प्रणालीको