नाउपामा निरीह बन्दै रञ्जिता, रेशमको बलमा रामेश्वर बने प्रदेशका वनमन्त्री | Khabarhub Khabarhub

नाउपामा निरीह बन्दै रञ्जिता, रेशमको बलमा रामेश्वर बने प्रदेशका वनमन्त्री


४ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

धनगढी– नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश सभा सदस्य रामेश्वर चौधरी उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका छन् । पार्टीभित्रको आन्तरिक विवादका बीच सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले चौधरीलाई मन्त्री नियुक्त गरेका हुन् । 

नाउपाका केन्द्रीय अध्यक्ष रञ्जीता श्रेष्ठको असहमति र केही प्रदेश सभा सदस्यको विरोधबीच उनलाई मन्त्री नियुक्त गरिएको छ । पार्टीका संरक्षक रेशमलाल चौधरीको निर्देशन अनुसार नै बहुमत सांसद देखाएर रामेश्वरलाई मन्त्री नियुक्ति गरिएको हो ।  

नागरिक उन्मुक्ति पार्टी नाउपाले मन्त्रीको लागि कैलाश चौधरीलाई सिफारिस गरेको छ । कैलाली क्षेत्र १ को ‘क’ बाट प्रत्यक्ष निर्वाचित चौधरीलाई पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले मन्त्रीका लागि सिफारिस गरेकी हुन् । तर त्यो कार्यान्वयन भएन । अध्यक्ष निर्देशन विपरीत नियुक्ति गरियो । 

प्रदेश सभामा नाउपाबाट ७ जना सांसद छन् । तीमध्ये ५ जना रेमश पक्षधर हुन् । पूर्व भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री रहेका चौधरीले सरकार फेरिएपछि पद गुमाएका थिए । विवादित अडियोका कारण लक्ष्मणकिशोर चौधरीले राजीनामा दिएपछि नागरिक उन्मुक्ति पार्टीको मन्त्रीको एक कोटा खाली थियो । 

सत्ता गठबन्धबाट पाएको भागको मन्त्रालयमा नाउपाबाट रामेश्वरको इन्ट्रीभएपछि थप विवाद बढ्ने देखिएको छ । वन मन्त्री नियुक्त भएका चौधरीको साँझ ५ बजे शपथग्रहणको तयारी रहेको प्रदेश प्रमुख नजिर मियाँको सचिवालयले बताएको छ ।

  तर नाउपाकै प्रदेश सभा सदस्य रामेश्वर चौधरीको शपथ रोक्न सुदूरपश्चिमका प्रदेश प्रमुखलाई निवेदन समेत दिइएको थियो । नागरिक उन्मुक्ति पार्टीकै प्रदेश सभा सदस्य खुशीराम डगौरा थारूले रामेश्वरलाई मन्त्रीको शपथ नगराउन प्रदेश प्रमुखसँग गुहार मागेका थिए । 

खुशीराम डगौरा थारूले आफ्नै पार्टीबाट मन्त्री बन्न लागेका रामेश्वर चौधरीको शपथ ग्रहण रोक्न प्रदेश प्रमुखसमक्ष पुगेका थिए ।

 रामेश्वरको शपथ रोक्न जेठ २ गते नै मुख्यमन्त्री कमलबहादुर शाहलाई पत्राचार गरेका खुशीराम चौधरीले प्रदेश प्रमुख नजिर मियाँलाई समेत पत्राचार गरेका थिए । तर रेशमको निर्देशन र बहुमत सांसदको हस्ताक्षरमा रञ्जीताको निर्देशन विपरीत मुख्यमन्त्री कमल बहादुर शाहले नाउपाबाट रामेश्वरलाई मन्त्री नियुक्त गरेका हुन् ।

पार्टीमा न विधी न पद्धति, रमेश रञ्जीताकै मनोमानी र एकाधिकार चल्दै आएको छ । लोकलाज हुने गरि पार्टीलाई परिवारवादको विवादमा फसाएपछि सांसदहरु समेत हैरान छन् ।

को कसको पछि लाग्नु उनीहरूलाई तनाव छ । मुख्य मन्त्रीले मन्त्री नियुक्त गरेर सपथको समय तोकिसक्दा पनि नाउपाभित्रको विवाद रोकिएको छैन । यो निर्णयले रेशम रञ्जीता बीचको विवादले झन उग्ररुप लिने देखिएको छ । 

उनीहरु दुवैजना सामाजिक सञ्जालमा ठिकठाकको सम्बन्ध देखाउने तर आन्तरिक रुपमा एकले अर्कालाई सक्ने गरी लागेको आरोप नाउपाकै अरू नेताहरूको छ ।

आफ्नै दलभित्र बहुमत सांसद एकतिर भएरको प्रदेश सभामा केन्द्रीय अध्यक्षबाट हस्तक्षेप हुने कुरा राम्रो नभएको जिकिर रामेश्वर पक्षको छ । केन्द्रीय अध्यक्षको निर्णय नमान्ने कुरा पार्टीविपरीत र नेतृत्वविरुद्धको निर्णय भएको दाबी खुसीराम पक्षको छ । 

मुख्यमन्त्री कार्यालयले भने संसदीय दलले दिएको पत्रका आधारमा नियुक्त गरिएको बताएको छ । मुख्यमन्त्रीले पार्टी र अध्यक्ष भन्दा पनि संसदीय दललाई चिन्ने भएकोले आन्तरिक विवादबारे कुनै जानकारी नभएको प्रतिक्रिया दिएको छ । 

उसोत मन्त्री कसलाई पठाउने भनेर जिम्मेवारी पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेसम चौधरीलाई दिए पनि उनीहरूबीचकै समस्याले रोकिएको थियो । नाउपाका सांसद पनि दुई जनाको लडाइँमा परेर राजनीतिक भविष्य समाप्त नपार्ने रणनीतिमा छन् । सकेसम्म आफू हुने र अर्कोलाई रोक्ने नीति उनीहरूको छ ।

संसदीय दलका नेता घनश्याम चौधरीले पत्र सख्या २०८१/०८२ चलानी नम्बर १३ मा निर्णय सम्बोधन गरी जानकारी पठाइदिने भन्दै पार्टी अध्यक्षलाई पत्र पठाएका थिए ।

त्यही पत्रका आधारमा रञ्जीताले कैलाश चौधरीलाई मन्त्रीमा सिफारिस गरेको जानकारी संसदीय दलका नेता चौधरीलाई गराइसकेकी थिइन् । अन्तिमा रेशम चौधरीकै दबाबका कारण रामेश्वरको भाग्य चम्किएको छ ।

प्रकाशित मिति : ४ जेठ २०८२, आइतबार  ४ : ४५ बजे

‘राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्र सुधार्न सकिँदैन’

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिलाई सङ्लो नपारेसम्म अन्य

गिरिजाप्रसादले हिम्मत नगरेको भए नेपालमा गणतन्त्र आउने थिएन : देउवा 

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइराला

सय जनामध्ये ९० जनामा सकारात्मक सोच नै छैन : शेखर कोइराला 

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला सय जनामध्ये ९०

सामाजिक सञ्जालको सदुपयोग गरेर क्षमता प्रदर्शन गरौँ : डिना उपाध्याय 

काठमाडौं– नेपाली कांग्रेसकी सहमहामन्त्री डिना उपाध्यायले मोबाइल र सामाजिक सञ्जालको

रुसी आक्रमणपछि ट्रम्पले गरे नयाँ प्रतिबन्धको संकेत

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमाथि रूसद्वारा हालै गरिएको