संसदीय उपसमितिले समितिलाई बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन « Khabarhub

संसदीय उपसमितिले समितिलाई बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन


४ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकमा दफावार छलफल गर्न बनाइएको उपसमितिले आफ्नो प्रतिवेदन बुझाएको छ ।

गत चैत ८ गते नेकपा एमालेका सांसद छविलाल विश्वकर्माको संयोजकत्वमा गठित उपसमिति करिब २ महिना लामो छलफलपछि विद्यालय शिक्षा विधेयकको प्रतिवेदन समितिलाई बुझाएको हो ।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकमा दफावार छलफल गर्न उपसमिति बनाएको थियो । उपसमितिलाई ३५ दिनभित्र प्रतिवेदन पेश गर्न समयसीमा दिइए पनि करिब दुई महिनामा काम सकिएको हो ।

विश्वकर्मासँगै उपसमितिमा सांसदहरू डिगबहादुर लिम्बू, देवेन्द्र पौडेल, महेन्द्रकुमार राय, रामप्रकाश चौधरी, रेखा शर्मा, बीना जैसवाल, विनिताकुमारी सिंह, सरिता भुसाल सदस्य थिए ।

उपसमिति संयोजक विश्वकर्माले समिति सभापति अम्मरबहादुर थापालाई उक्त प्रतिवेदन हस्तान्तरण गरेको छ । उपसमिति बनेको डेढ सातापछि अर्थात् चैत २० गतेदेखि एक महिनासम्म शिक्षकहरूले काठमाडौंमा आन्दोलन चर्काएका थिए ।

२९ दिन लामो आन्दोलनपछि गत वैशाख १७ गते राति शिक्षक र सरकारबीच ९ बुँदे सहमित भएर विद्यालय खुलेका थिए । ती समहतिमा संसद्को यही अधिवेशनमा शिक्षा विधेयक पेश गरेर पारित गर्ने सरकारले जनाएको थियो ।

उपसमितिले कतिपय समितिका अन्य सदस्य, विज्ञ र अन्य सरोकारवालाहरुसँग छलफल तथा परामर्श गरेको थियो । आन्दोलित शिक्षकसँग पनि उपसमितिले छलफल गर्‍यो ।

आन्दोलन टुंग्याउने क्रममा शिक्षामन्त्री रघुजी पन्तले सहमति कार्यान्वयनका लागि ८ अर्ब रुपैयाँ थप दायित्व पर्ने बताएका थिए । अतिरिक्त आर्थिक दायित्वसहित राहत र अस्थायी शिक्षक तथा विद्यालय कर्मचारीको भविष्यबारे पनि अहिले प्रश्न उठेको छ ।

प्रकाशित मिति : ४ जेठ २०८२, आइतबार  ५ : ०१ बजे

मस्कोको एक होस्टेलमा आगलागी : ४ जनाको मृत्यु, ६ घाइते

एजेन्सी– मस्को क्षेत्रको बलाशिखा शहरमा मंगलबार बिहान एक होस्टेलमा आगलागी

उपेन्द्रको क्षेत्रमा चुनावी अभियान तीव्र, विवेक पुर्‍याएर मत दिन आग्रह

राजविराज– जनता समाजवादी पार्टी नेपालकी नेता एवम् पूर्वमन्त्री रेणु यादवले

निर्वाचन नजिकिँदै गर्दा झापामा उच्च सतर्कता, सुरक्षा व्यवस्था कडा

भद्रपुर– जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख तथा प्रहरी उपरीक्षक वसुन्धरा

गृहमन्त्रीद्वारा काठमाडौंका कारागार निरीक्षण, सुधारका लागि निर्देशन

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले काठमाडौँमा रहेका दुई कारागार कार्यालयहरू केन्द्रीय