हिमालका विषय उजागर गर्न सफल भएका छौँ : परराष्ट्र सचिव राई « Khabarhub

हिमालका विषय उजागर गर्न सफल भएका छौँ : परराष्ट्र सचिव राई


४ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्र सचिव अमृतबहादुर राईले नेपाल सरकारले पहिलो पटक आयोजना गरेको सगरमाथा संवादमार्फत हिमालका विषय उजागर गर्न सफल भएको बताएका छन् ।

संवादको समापनपछि आज आयोजित पत्रकार सम्मेलनमा उनले संवादबाट नेपालले विश्वमा आफ्नो छवि थप उचाइ पुर्‍याउन, जलवायु चुनौती र भइरहेका विषयलाई थप उजागर गर्ने सन्दर्भमा सफलता प्राप्त भएको बताए ।

उनले भने, ‘संवादमा हिमालका विषय उजागर गरिएका छन्, यी हिमाली क्षेत्रको मात्र नभई टापुसम्मको चासोका विषय हुन् ।’

जलवायुका विषयमा क्षेत्रीय र विश्वव्यापी रूपमा साझेदारीका साथ अघि बढ्ने विषयमा संवादमा छलफल भएको बताउँदै सचिव राईले अतिकम विकसित र विकासोन्मुख मुलुकलाई विकसित राष्ट्रले गर्नुपर्ने सहयोग र सहकार्यका सम्बन्धमा बृहत् र उपलब्धिमूलक छलफल भएको उल्लेख गरे ।

त्यस्ता मुलुकले पेरिस सम्झौता र आफ्ना राष्ट्रिय निर्धारित योगदानका लक्ष्य कार्यान्वयन गर्न नसक्ने सम्बन्धमा विश्वको ध्यानाकर्षण गराउन संवाद सफल भएको उनको भनाइ छ । उनले जलवायुका समस्या समाधानमा विश्वव्यापी साझेदारीका साथ सहभागी सबैले  प्रतिबद्धता व्यक्त गरेको उल्लेख गरे ।

यही जेठ २ गतेदेखि सुरु भएको सगरमाथा संवाद कार्यक्रम आज सम्पन्न भएको हो । आजसम्म भएका संवादमा उद्घाटन समारोहदेखि १२ वटा समानान्तर सत्रहरू, अतिरिक्त सत्रहरू तथा विश्वव्यापी एवं क्षेत्रीय साझेदारीसम्बन्धी गोलमेच बैठक सम्पन्न भएका छन् ।

सचिव राईले संवादका सन्देश र निष्कर्ष यही महिनाको अन्त्यमा ताजिकिस्तानमा हुने हिमनदी संरक्षण सम्मेलनमा, जुलाइमा हुने संयुक्त राष्ट्रसङ्घीय उच्चस्तरीय राजनीतिक मञ्चमा, सेप्टेम्बरमा हुने संयुक्त राष्ट्रसङ्घको ८०औँ महासभामा र ब्राजिलमा हुने कोप–३० लगायत क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चमा लैजाने बताए । 

संवादका क्रममा व्यक्त भएका विचार, सुझाव तथा गहन दृष्टिकोणलाई समेटेर ‘सगरमाथा कार्य आह्वान’जारी गरिएको उनले जानकारी दिए । –रासस

प्रकाशित मिति : ४ जेठ २०८२, आइतबार  ५ : ११ बजे

जसपा नेपाल र स्वाधीन मधेश जनअभियानबीच कार्यगत एकता घोषणा

काठमाडौं– जनता समाजवादी पार्टी, नेपाल र स्वाधीन मधेश जनअभियानबीच कार्यगत

रमेश लेखकलाई बयान दिन कांग्रेस नेताहरूको सुझाव

काठमाडौं – नेपाली कांग्रेसका नेताहरूले पूर्वगृहमन्त्री रमेश लेखकलाई बयान दिन

अवैध लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

मोरङ– विराटनगर महानगरपालिका-१५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ

नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

काठमाडौं– प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका साथ

कांग्रेसले प्रदेश सभाको बन्दसूचीका १९ जनाको नाम हटाउने

काठमाडौं– नेपाली काङ्ग्रेसले २०७९ को निर्वाचनमा विभिन्न प्रदेशसभाको समानुपातिक प्रणालीको