प्रचण्डलाई ‘गाउँले एमफएम दाइ’को काँक्रो उपहार ! « Khabarhub

प्रचण्डलाई ‘गाउँले एमफएम दाइ’को काँक्रो उपहार !


४ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू दैलेखी भएको बताएका छन् ।

‘जनतासँग माओवादी–मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ अन्तर्गत दैलेख सदरमुकाम नारायण नगरपालिकामा आयोजना गरिएको कार्यक्रममा उनले आफू पनि दैलेखी भएको बताए छन् । आफू दैलेखको भएको भन्दै उनले भने, ‘म पनि यही दैलेखको हुँ । यहाँ आउन पाउँदा खुसी भएको छु ।’

प्रधानमन्त्री भएका बेला प्रचण्ड २०८० सालमा जेठ ३२ गते दाहाल वंशको दुल्लु नगरपालिका– १२ मा पर्ने दहगाउँमा पुगेर कुल शिरोमणि दाशुको सालिक अनावरण गरेका थिए ।

उनले आफू दैलेखी मात्र भएको नभनेर मध्यपहाडी राजमार्ग पनि आफै प्रधानमन्त्री भएको बेला सुरुवात गरिएको बताए । ‘म प्रधानमन्त्री भएको बेला यो राजमार्गको मार्गचित्र कोरिएको हो,’ उनले भने, ‘यही राजमार्ग भएर अभियान चलाउन पाउँदा खुसी लागेको छ ।’

अछामको मंगलसेनबाट दैलेख जिल्लामा आठबीस नगरपालिकाको राकम कर्णालीमा सर्वपक्षीय अन्तरक्रिया गरेका उनले आठबीस नगरपालिकाको राकम कर्णालीमा सहिद परिवारको घरमा बिहानको खाना खाए ।

उनले आइतबार नै चामुण्डाविन्द्रासैनी नगरपालिकाको जम्बुकांधमा, भैरवी गाउँपालिकाको चगर्तामा हुँदै भैरवीको जलजलेमा पेट्रोलियम पदार्थको उत्खनन भइरहेको ठाउँको अवलोकन गरे ।

नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समितिको बैठकमा सहभागी भएका उनले सोमबार बिहान दैलेख बजारको कांडाचौरबाट कोतगडीसम्म मर्निङ वाक तथा डेकेन्द्र थापाको सालिकमा माल्यार्पण गर्ने कार्यक्रम राखिएको छ ।

सोमबार बिहान नै जिल्ला समन्वय समिति, दैलेखको हलमा सर्वपक्षीय भेटघाट कार्यक्रम राखेका उनले भगवतीमाई गाउँपालिकाको वेस्तडामा कार्यक्रम सकेर जाजरकोट जानेछन् । 

‘गाउँले एमफएम’ दाइको प्रचण्डलाई गाउँले काँक्रो उपहार !

प्रचण्ड मध्यपहाडी राजमार्ग अभियानको क्रममा आइतबार दैलेख पुग्दा काँक्रो उपहार पाए । चामुण्डा बिन्द्रासैनी नगरपालिकाको जम्बुकाँध पुग्दा डौँसुर गाउँका स्थानीय नगेन्द्र खड्काले काँक्रो उपहार दिए । खड्का त्यहाँका अगुवा किसान हुन् । उनी ‘गाउँले एमफएम दाइ’ नामले चर्चित छन् ।

०५८ सालतिर, डौँसुरमा उनको सानो पसल थियो । पसलमा उनले रेडियो राखेका थिए । त्यतिबेला जनयुद्ध उत्कर्षमा भएकाले त्यसका समाचारप्रति स्थानीयको चासो बढी थियो ।

रेडियो नेपाल, माओवादीले सञ्चालन गरेको एफएम रेडियो, नेपालगन्जको बागेश्वरी एफएम, कैलाली टीकापुरको फूलबारी एफएम आदिबाट बज्ने समाचार उनले गाउँहरूलाई चर्को आवाजमा सुनाउँथे ।

‘आज यो ठाउँमा यस्तो भिडन्त भयो, यति जनाको मृत्यु भयो, यतिजना घाइते भए भनेर सबैलाई भन्थेँ,’ खड्काले भने, ‘रेडियो सधैँ सुन्ने भएकाले विश्वका घटना पनि अलि अलि थाहा हुन्थ्यो ।’

त्यहीबेला माओवादीकै एक नेताले उनको नाम ‘गाउँले एफएम दाइ’ भनेर राखिदिए । त्यसपछि गाउँमा उनी यही नामले चिनिन थाले । अहिले पनि नगेन्द्र नामले भन्दा गाउँले एफएमले बढी चिनिन्छन् उनी ।

प्रकाशित मिति : ४ जेठ २०८२, आइतबार  ७ : ३३ बजे

रुसी राष्ट्रपति पुटिन भारतमा, स्वागत गर्न विमानस्थल पुगे मोदी

नयाँ दिल्ली – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

सप्तरी – कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट

रास्वपाले माग्यो समानुपातिक उम्मेदवार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने

मधेश सरकार गठनबारे अझै जुटेन सहमति

धनुषा- मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात दलको

मधेसमा नयाँ सरकार गठन गर्न सहमति जुटेन

धनुषा – मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात