विद्यालय तहको अध्ययन अध्यापन शैली पर्यावरणमैत्री बनाउनुपर्ने « Khabarhub

विद्यालय तहको अध्ययन अध्यापन शैली पर्यावरणमैत्री बनाउनुपर्ने


४ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

कीर्तिपुर – सगरमाथा संवादका सहभागी अन्तरराष्ट्रिय विज्ञहरूले मौसम परिवर्तनबाट उत्पन्न दुश्परिणामबाट जोगिन तथा नेपालले लिएको कार्बन उत्सर्जनसम्बन्धी लक्ष्य प्राप्त गर्न विद्यालय तहकै अध्ययन अध्यापन शैली पर्यावरणमैत्री बनाउनुपर्ने बताएका छन् ।

बज्रबाराहीस्थित पर्यावरणमैत्री विद्यालय बज्र एकेडेमीको आज भ्रमणमा आएका विज्ञहरूले विद्यार्थीलाई प्रारम्भिक तहदेखि नै प्राकृतिक र जैविक वस्तुसँग परिचित बनाउनुपर्नेमा उनीहरुको जोड थियो । कार्यक्रममा सगरमाथा संवादका करिब एक सय सहभागीलाई नमूनायोग्य हरित विद्यालय मानिएको बज्र एकेडेमीको भ्रमण गराइएको थियो ।

भ्रमणमा सहभागी विज्ञलाई सगरमाथा संवादका प्यानलिस्ट एवं बज्र एकेडमीका संस्थापक मार्टिन ओल्थोपले विद्यालयमा गरिएको पर्यावरणमैत्री पठनपाठन तथा क्रियाकलापबारे जानकारी गराएका थिए ।

ओल्थोपका अनुसार हरियालीले भरिपूर्ण विद्यालय परिसरको विकास, सौर्य ऊर्जामा आधारित बाफलाई मुख्य इन्धनको रूपमा प्रयोग गरिने भान्सा घर, गाईपालन, गाईको गोबर र मलमा आधारित वायो ग्यास, अर्गानिक तरकारी तथा जडिबुटी खेती, मौरीपालन, वर्षातको पानी सङ्कलन, विद्यालयमा जैविक खाना, खाजा, पर्यावरण मैत्री फोहर व्यवस्थापन र हरितमैत्री पाठ्यसामग्रीको प्रयोग गरिएको जानकारी दिए ।

सो विद्यालयले विद्यार्थीलाई नजिकैको स्थानीय निकायसँगको सहकार्यमा पर्यावरणमैत्री क्रियाकलापमा सहभागी गराउँदै आएको छ । विद्यालयमा इको क्लब गठन गरी यसमार्फत पर्यावरणका पक्षमा लगाउन थालिएको छ । “विद्यार्थीलाई धान, मकै आदि खेती गर्न लगाएर हावा, पानी र माटो चिनाउने काम गरेका छौँ”, उनले भने।

बज्र फाउण्डेशनद्वारा पर्यावरणमैत्री विद्यालय चलाउने उद्देश्यले १८ वर्षअघि स्थापित बज्र एकेडेमीले फरक शैलीको पठनपाठन गराउँदै आएको छ । यस्तो शैलीको पठनपाठनलाई अब प्रदेशस्तरमा विस्तार गरिने एकेडेमीका प्रमुख डोरबहादुर भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : ४ जेठ २०८२, आइतबार  ७ : ५५ बजे

राप्रपा र राप्रपा नेपालबीच एकता

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच

तोकिएको जरिवाना नबुझाउने छ वटा राजनीतिक दल खारेज

काठमाडौं– निर्वाचन आयोगले तोकिएको जरिवाना नबुझाएका छ वटा राजनीतिक दलको

एनएमबि बैंकलाई डिजिटल सर्भिसेज् आइसीटी अवार्ड २०२५ प्रदान

काठमाडौं– एनएमबि बैंक लिमिटेडले डिजिटल रूपान्तरणमार्फत सेवा प्रवाह गरेबापत डिजिटल

नेपाल पहिलोपटक अन्तर्राष्ट्रिय आईस स्केटिङ प्रतियोगितामा सहभागी हुँदै

काठमाडौं– नेपालले इतिहासमै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको आईस स्केटिङ प्रतियोगितामा

रुस-युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक

एजेन्सी – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेंस्कीले अमेरिकाको नेतृत्वमा तयार गरिएको