महोत्तरी सीमा क्षेत्रमा तस्करीको जालो, सशस्त्र प्रहरी मौन « Khabarhub

महोत्तरी सीमा क्षेत्रमा तस्करीको जालो, सशस्त्र प्रहरी मौन


७ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

गौशाला- महोत्तरीको सीमावर्ती क्षेत्र गौराभेदपुरस्थित १६ नम्बर पिल्लर नाकाबाट तस्करी खुलेआम भइरहेको खुलासा भएको छ।

स्थानीयका अनुसार तिहारको टीकाको दिनै ठूलो मात्रामा कपडा, हार्डवेयर, चप्पल, किराना सामग्रीलगायतका सामानहरू भारतबाट तस्करी गरी नेपाल भित्र्याइएको छ।

तस्करी गरिएका सामानहरू शंकर मन्दिरको पश्चिमतर्फ रहेका रामपुकार मण्डल र राउतको घरमा थुपारिएको बताइएको छ। घटनाबारे स्थानीय केही जेन-जी युवाहरूले नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुवै प्रमुख अधिकारीहरूलाई जानकारी गराएका थिए।

रघुनाथपुरस्थित सशस्त्र प्रहरी बलको गुल्मका डिएसपी वीरेन्द्र खनाललाई समेत खबर गरिएको थियो । तर उनले घटनास्थल पुगेर पनि बरामद नगरी फर्किएको भन्दै स्थानीयले असन्तुष्टि जनाएका छन् ।

ती सामानहरू पछि करिब २० वटा मोटरसाइकलमा राखेर गौशाला सम्म लगिएको थियो। यस घटनाले सीमामा तैनाथ प्रहरी र सशस्त्र प्रहरीबीचको मिलेमतोको आशंका स्थानीयले गरेका छन् ।

सशस्त्र प्रहरी बलको मधेस बाहिनीअन्तर्गत एसपीको कमान्डमा घुमुवा टोली परिचालन गरिएको छ । तर स्थानीयवासीहरूका अनुसार ती टोलीका केही सदस्यको तस्करसँग घनिष्ठ सम्बन्ध छ।

पहिले अनुशासनहीनता र संलग्नताको कारण बाहिनी तानिएका केही घुमुवाहरूलाई फेरि सक्रिय रूपमा परिचालन गरिँदा शंका बढाएको हो। अहिले पनि उनीहरूकै क्षेत्रमै तस्करी बढ्नुले प्रहरी प्रशासनमाथिको प्रश्न झन् गहिरिएको एकजना स्थानीयले बताए ।

स्थानीयवासीहरूले सीमामा देखिएको यस्तो अव्यवस्था र मिलेमतोको तत्काल छानबिन र कारबाहीको माग गरेका छन्। तस्करी बढ्दै गएकोमा स्थानीयले गुनासो गरिरहँदा सशस्त्रका एसपी शेरबहादुर अधिकारी सम्पर्कमा आएका छैनन् । उनलाई सम्पर्कको प्रयास गर्दा पनि सम्पर्क हुन सकेन ।

प्रकाशित मिति : ७ कार्तिक २०८२, शुक्रबार  ७ : ०० बजे

नेशनल घर निर्माण फेस्ट-२०८२ को प्रायोजकमा (पावर्ड बाई) मा शिवम् सिमेन्ट

काठमाडौं– स्किल सेवा प्रालि र शिवम् सिमेन्ट लिमिटेडबीच नेशनल घर निर्माण

खगेन्द्र र रुद्रकलीलाई लिन कतार एयरवेजको कार्गो जहाज भैरहवामा अवतरण

काठमाडौं– खगेन्द्र र रुद्रकलीलाई लिन कतार एयरवेजको कार्गो जहाज भैरहवास्थित

बुधबार ५ अंकले बढ्यो नेप्से, ४ अर्ब बढीको भयो कारोबार

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.७० अंकले बढेको छ

सिजीद्वारा आइसिसी टी–२० वर्ल्डकप प्रत्यक्ष हेर्ने अवसर

काठमाडौं– सिजी ब्राण्डले ‘सिजीको साथमा, वर्ल्डकप टिकट हातमा’ #लेभलअप!उइथसीजी भन्ने मूल नाराका

एडीबीले नेपाललाई वित्तीय सङ्घीयता सुदृढीकरणका लागि सहयोग गर्ने

काठमाडौं– नेपालमा वित्तीय सङ्घीयता कार्यान्वयन, सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरण तथा