भारतबाट हालसम्मकै सस्तोमा विद्युत् आयात गरिएको प्राधिकरणको दाबी « Khabarhub

भारतबाट हालसम्मकै सस्तोमा विद्युत् आयात गरिएको प्राधिकरणको दाबी


४ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – नेपाल विद्युत् प्राधिकरणले भारतबाट हालसम्मकै सस्तो मूल्यमा विद्युत् आयात गर्न सफल भएको दाबी गरेको छ।

प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार जेठ ११ गते भारतको ऊर्जा विनिमय बजार (आईआईईएक्स) को रियल टाइम बजारबाट दिउँसोको समयमा प्रतियुनिट १.१५ रुपैयाँमा बिजुली खरिद गरिएको हो।

उनका अनुसार सो दिन भारतमा विद्युत् माग कम हुनुका साथै सौर्य ऊर्जाबाट उत्पादन वृद्धि हुँदा सस्तो मूल्यमा बिजुली खरीद गर्न सम्भव भएको हो। प्राधिकरणले उक्त अवसरको सदुपयोग गर्दै ३ हजार ८४० मेगावाट घण्टा बिजुली आयात गरेको जनाएको छ।

त्यसैदिन साँझ प्राधिकरणले ५२७.५ मेगावाट घण्टा विद्युत् भारतलाई भारतीय रुपैयाँ ६.६० (नेपाली रुपैयाँ १०.५६) प्रतियुनिट दरमा निर्यात गरेको ढकालले जानकारी दिए।

प्राधिकरणका अनुसार जेठ ३ देखि १० गतेसम्म नेपालले भारतबाट २७,६४५.९४७ मेगावाट घण्टा बिजुली औसत ३.३७ रुपैयाँ प्रतियुनिट दरमा आयात गरेको छ। सोही अवधिमा नेपालले भारतलाई ८ हजार ४१७.५२५ मेगावाट घण्टा विद्युत् औसत ५.५ रुपैयाँ प्रतियुनिटमा निर्यात गरेको बताइएको छ।

यसरी नेपालले औसत ३.३७ रुपैयाँमा बिजुली किन्दै ५.१५ रुपैयाँमा भारतलाई बेचिरहेको प्राधिकरणको दाबी छ।

प्राधिकरणका अनुसार, वर्षा सुरु भएसँगै जलाशयमा पानीको बहाव बढेको र त्यसले उत्पादन वृद्धि गरी पिक आवरमा विद्युत् निर्यात गर्न सहज भएको हो।

प्रकाशित मिति : ४ जेठ २०८२, आइतबार  ८ : १३ बजे

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निवासबाटै पक्राउ

काठमाडौँ – पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई

सप्तरीका पाँच सय घर डुबानमा : देशभर कहाँको अवस्था के छ ?

सप्तरी – लगातारको वर्षाका कारण जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका तिलाठी

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असोज ११ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज ११ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ११ गते आइतबार सन् २०२६